लियो क्लब अफ सिद्धार्थनगरमा लुईटेल

गौतमबुद्ध सन्देश

भैरहवा, ८ असोज ।

लियो क्लब अफ सिद्धार्थनगरको वर्ष २०१८÷१९ को लागि सुवास लुईटेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । क्लबको १४औं स्थापना दिवस तथा पदस्थापना कार्यक्रममा नयाँ अध्यक्ष लुईटेललाई वर्ष २०१७÷१८ का अध्यक्ष अरुण पन्थीले पद हस्तान्तरण गरेका थिए । लुइटेलको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको आइपीपीमा अरुण पन्थी, प्रथम उपाध्यक्षमा सुमन अधिकारी, द्धितीय उपाध्यक्षमा समिर पौडेल, तृतीय उपाध्यक्षमा गौरव नेपाल, सचिवमा सरोज ठुकरी, सह–सचिवमा ज्योति गुरुङ, कोषाध्यक्षमा निकिता सुवेदी, सह–कोषाध्यक्षमा हर्षिता मित्तल र जनसम्पर्क अधिकारीमा दिपेश आचार्य रहेका छन । त्यस्तै टेल ट्वीष्टरमा आयुष अधिकारी, टेमरमा धिरज अग्रहरी, निर्देशकमा आशिष अधिकारी, कमल परियार, भरत कार्की, संजय अधिकारी, अनुष्का क्षेत्री र सुस्मिता वि.क. चयन भएका छन ।

कार्यक्रममा लियो डिष्ट्रिक २५ बी टु नेपालका डिष्ट्रिक प्रेसिडेण्ट तारा प्रसाद गुरागाईले क्लबका अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी र सदस्यलाई सपथ ग्रहण गराएका थिए । पदभार ग्रहण पश्चात मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष लुईटेलले भैरहवा क्षेत्रको विकास र पछाडी परेको क्षेत्रमा लियो क्लब अफ सिद्धार्थनगरले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आफुलाई सानै देखि सामाजिक क्षेत्रमा काम गर्ने रहर भएको र अहिले त्यसको लागि उपयुक्त स्थान पाएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले सामाजिक क्षेत्रमा क्रियाशिल लियो क्लब अफ सिद्धार्थनगरको कार्यहरु उदाहरणीय रहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष अरुण पन्थीले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारे जानकारी गराउँदै कार्यक्रम संयोजक गर्ने संयोजकहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि लायन्सका पाष्ट डिष्ट्रिक गभर्नर एमजेफ अरुण प्रताप राणाले क्लबले गरेका सामाजिक कार्यहरुले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा अझ क्रियाशिलताका साथ लाग्नको लागि आग्रह गरे ।

त्यस्तै लायन्सका ३२५ बी टु का डिष्ट्रिक एडभाइजर चन्द्र थापा, लायन्स क्लब अफ होलीसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष थिरेन्द्र श्रेष्ठ, लियो लियो डिष्ट्रिक २५ बी टु नेपालका इमिडेट डिष्ट्रिक प्रेसिडेण्ट शारुदुल मयुर कशौधन, प्रेसिडेण्ट तारा प्रसाद गुरागाई, भाइस प्रेसिडेण्ट सरोज कंडेल लगायतले बोल्दै क्लबले गरेका सामाजिक कार्यहरुको प्रसंसा गर्दै आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा क्लबको सामाजिक उत्तरदायित्वको अभियानलाई पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै गौतमबुद्ध सन्देश दैनिकका सह–सम्पादक रबिन्द्र प्रताप गुप्ता र कला क्षेत्रबाट यस क्षेत्रको गरिमा बढाएको भन्दै गायिका निपा क्षेत्रीलाई प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो ।

त्यस्तै लियो अफ द एअरको उपाधि आयुष अधिकारीलाई, मोस्ट डेडिकेटेड लियो अफ द इअरको उपाधि गौरव नेपाललाई, मोष्ट सिनसियर अर्वाड अफ द एअर अनुष्का क्षेत्री, लियो राइसिङ स्टार मेलको उपाधि कमल परियारलाई, राइसिङ स्टार फिमेलको उपाधि सुस्मिता वि.क, एनरजेटिक लियो अफ द इअर ज्योति गुरुङ र मोष्ट डिस्प्लिीन लियो अफ द इअरको उपाधि हर्षिता मित्तललाई प्रदान गरिएको थियो । कार्यक्रम संयोजक कमल परियारको स्वागत मन्तव्य तथा लियो क्लब अफ सिद्धार्थनगरका सचिव सरोज ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments