दशैंको शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्तले भने-आगामी चुनावमा पनि सहयोग गर्नुस्

गौतमबुद्ध सन्देश

काठमाडौं, १४ असोज । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दशैंको अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना दिँदै प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी संविधान कार्यान्वयनमा सहयोग पुर्‍याउन आग्रह गरेका छन् । बडा दशैं २०७४ को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा रचनात्मक सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।

संविधान कार्यान्वयनको पहिलो खुट्कीलोको रुपमा रहेको स्थानीय तहको निर्वाचन तीन तहमा गरी शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि सोही अनुसारको सहभागीताको अपेक्षा आयोगले गरेको बताए ।

संवैधानिक दायित्व अनुसार आयोगले तीन तहमा स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेको भन्दै उनले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी पनि तीव्र पारेको जानकारी दिए । मतदाताको ऐतिहासिक सहभागिता रहेकाले स्थानीय तहको निर्वाचन गर्व गर्न लायक निर्वाचन भएको पनि उनले बताए । आयोगले २०७४ लाई निर्वाचन पर्वको रुपमा मनाइरहेको भन्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पछि राष्ट्रियसभा प्रमुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने दायित्वप्रति पनि आयोग दत्तचित्त भएर लागिरहेको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *