हाउस कोडिङ्ग अवधारणा

गौतमबुद्ध सन्देश

भैरहवा, ३ भदौ ।

सिद्धार्थनगरलाई डिजिटल प्रविधिवाट स्मार्ट सिटी निर्माणको निम्ति पहिलो चरणमा गरिने डिजिटल हाउस कोडिङ्ग अवधारणालाई अगाडि ल्याउन ठेगाना सेवा र प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले संयुक्त रुपमा जानकारीमूलक कार्यक्रम गरेका छन् ।

ठेगाना सेवाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले नेपाल सरकारले बनाएको स्मार्ट सिटीको सुरुवात ठेगाना सेवा भएको बताए ।

सिओ सुशीलबहादुर सिंहले ठेगाना सेवाबाट वितरण हुने एक घर एक कोडले सिविल सेवालाई सहजीकरण गर्नुका साथै इ.गोर्भनेन्सलाई टेवा पु¥याउने धारणा राखे । ठेगाना सेवाका निर्देशक विष्णु ढकालले ठेगाना सेवाको प्रमुख प्राथमिकता डाटा सेक्युरिटी पनि भएको र व्यक्तिगत विवरण जथाभावी प्रयोग नहुने जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले विदेशमा प्रयोग हुँदै आएको डिजिटल एडरेसिङ सिष्टम नेपालमा पनि सुरु भएकोमा खुसी व्यक्त गर्दै प्रतिमान–नीमा स्मृति प्रतिष्ठान र ठेगाना सेवालाई धन्यवाद दिँदै यो प्रविधिको प्रयोगका लागि छलफल गरी कार्यान्वययनमा जाने प्रतिवद्धता व्यक्त गरिन ।

रोहिणी गाँउपालिकाका अध्यक्ष सनोज कुमार यादवले डिजिटल एडरेसिङ सिष्टम अत्ति नै आवश्यक भएकोले यथाशिघ्र सम्बन्धित निकायले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले एकीकृत प्रविधि सरोकारवाला निकायहरुसँग समन्वय गरी भावी दिनमा डिजिटल प्रविधिलाई आत्मसाथ गरी अगाडि बढाउनुपर्ने बताए ।

प्रतिमान–नीमा स्मृती प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले प्रतिष्ठानद्वारा नयाँ प्राविधिक प्रणालीमा प्रवेश गरी नीति निर्माण तथा आवश्यक स्रोतसाधन जुटाएर रोजगार र क्षमता अभिवृद्धिमा पहल गरिरहेको र आगामी दिनमा ठेगाना सेवासँग समन्वय गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *