सैनाम‌ैनाका पोमनारायणको युएईबाट उद्दार

सुरेन्द्र परियार

युएई, २ भदौ ।

विगत एक महिना देखि शक्त बिराम भइ थला परेका सैनामैनाका एक जनाको युएई (दुबई)बाट उद्दार गरिएको छ । रोजगारीको सिलसिलामा एक दशक बढी समय देखि युएईमा काम गर्दै आएका सैनामैना वडा नं. ८ का ५४ वर्षिय पोमनारायण अधिकारी अकस्मात बिरामी भइ उठबस् गर्न समेत नसक्ने अवस्थामा पुग पछि उनलाई सैनामैना सेवा समाज युएईको विशेष पहल एवं सक्रियतामा उद्दार गरी स्वदेश फिर्ता गराइएको छ ।

पीडित पोमनारायणले विगत १ महिना देखि अकस्मात शरिरको तल्लो भाग नचल्ने अवस्थामा पुगेपछि आफ्नो ज्यान रक्षा गरी सकुशल स्वदेश फिर्ता गरिदिन भन्दै युएईमा सक्रिय सामाजिक संस्थाहरूमा सहयोगको याचना सहित अनुरोध गरेका थिए । दिशा पिसाब सम्म गर्न नसक्ने अवस्थामा पुगेको खबर पाए पछि सैनामैना सेवा समाजले आफ्नो विशेष सक्रियतामा अन्य संस्थाहरूसंग समन्वय गरी उनको उपचार एवं उद्दार गरि नेपाल फिर्ता गर्न सफल भएको समाजका अध्यक्ष राम प्रसाद पाण्डेले बताए ।

युएई स्थित नेपाली दुतावास एबं एनआरएनको समन्वयमा पोमनारायणको उपचार गरी स्वदेश पठाइएको अध्यक्ष पाण्डेले जानकारी दिए । उपचारका क्रममा दुतावासका तर्फबाट प्रतिनिधि सागर फुइयाल, एनआरएनका तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ, राजन खतिवडा र सैनामैना सेवा समाजका तर्फबाट अध्यक्ष राम प्रसाद पाण्डे, सल्लाहकार विष्णु न्यौपाने, उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे, सचिव युवराज भट्टराई लगायतले भेट गरेका थिए ।

पीडित पोमनारायणको शरीरको पछिल्लो भागमा नशा सम्बन्धि समस्या देखिएको र अपरेशन मार्फत उपचार गरिएको छ । उनको उपचार खर्च र स्वदेश ल्याउनका लागि समाजका सचिव युवराज भट्टराईको नेतृत्वमा आर्थिक संकलन अभियान चलाइ आवद्द सदस्यहरू एबं अन्य केही समााजिक संस्था, व्यक्तिहरू मार्फत सहयोग रकम संकलन गरी उद्दार गरिएको हो । समस्याबाट पीडत उनको वैधानिक भिषा नभएकाले उपचार प्रकृयामा केही जटिलता आए पनि दुतावास र एनआरएनको समन्वयबाट पोमनारायणलाई केही दिन अस्पताल भर्ना गरी उपचार गरिएको भन्दै अध्यक्ष पाण्डेले उनको उपचारमा सहयोग एवं समन्वय गर्ने सबै संस्था एवं व्यक्तिहरूमा आभार व्यक्त गरे ।

केही दिनको उपचार पश्चात् उनलाइ लागि बुधबार समाजका उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेयको सहायतामा युएईबाट काठमाडौं ल्याइ परिवारको जिम्मा लगाइएको छ । परिवारसंगको भेट पश्चात् आफुमा भएको पिडामा केही राहत महसुस भएको पोमनारायणले बताए । उनले विदेशमा आफु शक्त बिरामी हँुदा नेपालीत्व भावना भएका मनहरू मार्फत ठुलो सहयोग भएको भन्दै सैनामैना सेवा समाज एवं सबैलाई धन्यवाद दिए । हाल परिवारको रहोबरमा उनको काठमाडौंमा थप उपचार भएको छ । उनी विगत १३ वर्ष देखि युएईको एक सेक्युरिटी कम्पनीमा कार्यरत थिए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *