सुनवल नगरपालिका र रामनगर जेसिजको संयुक्त सरसफाई अभियान ।

 

जीवन न्यौपाने

भदौ २, नवलपरासी ।

सुनवल नगरपालिकाले आइतबार गर्न लागेको नेपालकै पहिलो बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा शनिवार विहान सुनवल नगरपालिका वडा नं. १२ स्थित भुमही बजारमा सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

सरसफाई कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रि, नगरउपप्रमुख दधिराम अर्याल, कार्यकारी प्रमुख रामलाल श्रेष्ठ वडा नं. १२ का वडाअध्यक्ष यमलाल पाण्डे वडा नं. १३ का वडाअध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कृष्ण देवकोटाका साथै नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो भने सो सरसफाई कार्यक्रममा रामनगर जेसिज वर्ष २०१८ ले पनि सहकार्य गरेको थियो ।

त्यसैगरी शनिवार नै रामनगर जेसिज वर्ष २०१८ को आयोजना तथा सुनवल नगरपालिकाको आर्थिक सहयोगमा भुमहिको मुख्य बजार क्षेत्र वरिपरी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रमपछि बोल्दै रामनगर जेसिज वर्ष २०१८ का अध्यक्ष जेसि भोजराज चापागाईले वृक्षारोपण कार्यले बजारको सुन्दरता र आकर्षकता थप चुलिएको वताए ।

Facebook Comments