हिन्दु जागरणको नगर समिति

गौतमबुद्ध सन्देश
भैरहवा, २० साउन ।
हिन्दु जागरण नेपालले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नगर समिति गठन गरेको छ । माधवी शर्मा वाग्लेको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति गठन भएको हो ।

धर्म परिवर्तनमुक्त नेपाल, जातीय छुवाछुतमुक्त नेपाल, सनातन हिन्दु राष्ट्र नेपालको स्थापना गर्नको लागि भन्दै गठित हिन्दु जागरण नेपालले स्थानीय तहमा संगठन विस्तार गर्दै आइरहेको संस्थाका केन्द्रीय सदस्य नारायण प्रसाद कोइरालाले बताए ।

उमा ढकालको अध्यक्षता एवं सोमराज जी महाराजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी भिमराज अधिकारी, डि.आर शर्मा, प्रकाश चित्रकार, हिन्दु जागरण नेपालका केन्द्रीय संगठन विभाग प्रमुख हरिशरण पाण्डे लगायतको उपस्थिीति रहेको थियो । रामसुमेर यादवको स्वागत मन्तव्य तथा नारायणप्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *