दरखसवामा रक्तदान

भैरहवा, २० साउन ।

दरखसवा सामुदायिक महिला समूहको आयोजना र नेपाल रेडक्रस सोसाईटी तथा युनिभर्सल मेडिकल कलेजको प्राबिधिक सहयोगमा शनिबार दरखसवामा रक्तदान सम्पन्न भएको छ । उक्त अवसरमा २८ जनाले रक्तदान गरेका थिए । रक्तदान जिबन दान भन्ने उद्देश्यलाई आत्मसात गर्दै रगतको अभाबमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर रक्तदान गरिएको दरखसवा सामुदयिक महिला समुहकी अध्यक्ष रुपा पुनले बताइन् ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा कापm्लेले दरखसवाका महिला दिदीबहिनीहरुले गरेको सामाजिक कार्य सबैका लागी उदाहरणीय भएको बताउँदै आधा आकास ढाक्ने महिलाहरुले चाहे भने जस्तो सुकै कठिन कार्य गर्न सक्ने उल्लेख गरिन् । उनले नगरपालिकाले महिलाहरुको हकअधिकार र सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन बिभिन्न योजनाका साथ अघि बढ्ने बताइन् । समुहकी अध्यक्ष रुपा पुनको अध्यक्षता, उपाध्यक्ष अमृता रानाको स्वागत, सदस्य पार्बती थापाको संचालनमा सम्पन्न रक्तदान कार्यक्रमा सिद्धार्थनगर ३ का वडा अध्यक्ष थानेश्वर पौडेल, वडासदस्य नारायण उपाध्याय, दरखसवा गाउँ समाजका उपाध्यक्ष बिनय ज्ञवाली लगायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।

Facebook Comments