एक्सपर्टको निःशुल्क तालिम

गौतमबुद्ध सन्देश

भैरहवा, ८ असार ।

एक्सपर्ट एजुकेशन कन्सलटेन्सीले रुपन्देहीका ३ शहरमा नि :शुल्क तालिम सञ्चालन गर्ने भएको छ । सन् २००३ मा अस्ट्रेलियामा स्थापना भई सन् २००६ देखि नेपालका विभिन्न शहरमा शैक्षिक परामर्शको काम गर्दै आएको उक्त कन्सलटेन्सीले आगामी असार १६, १७ र १८ गते क्रमश : भैरहवा, देवदह र बुटवलमा युथ फर ट्रेनिंग नामक उत्प्रेरणामूलक सञ्चालन गर्न लागेको कन्सलटेन्सीका निर्देशक रोशन कंडेलले जानकारी दिए ।

भैरहवामा शुक्रबार कन्सलटेन्सीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक कंडेलले तालिममा प्रशिक्षकको रुपमा आर के धिताल र सुगारिका के.सी आउने जानकारी दिए । लामो समय देखी पत्रकारिता गर्दै आएका धिताल र पुर्व मिस नेपाल के.सीले रुपन्देहीका ३ वटा शहरमा आयोजना हुने तालिममा तालिम दिनेछन् ।

तालिममा सहभागीताको लागी एक्सपर्ट कन्सलटेन्सीले सबैलाई अनुरोध गरेको छ । तालिममा सहभागी भए वापत कुनै पनि शुल्क नलाग्ने भैरहवा शाखा प्रमुख सुरज भण्डारीले जनाए ।

Facebook Comments