आगामी वर्ष  शिक्षा, स्वास्थ्य र कृषि वर्ष हुनेछ : घिमिरे

रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो नगरपालिका मानिन्छ । स्थानीय तहको निर्वाचनसंगै यो नगरपालिकाले तत्कालीन नेकपा एमालेका तर्फबाट बासुदेव घिमिरेलाई प्रथम मेयरको रुपमा पाएको छ । विकासको स्पष्ट भिजन,कार्यसम्पादनमा पारदर्शी र निकै डाइनामिक नेतृत्व र सक्षम कर्मचारी टिम समेत पाएकाले नगरपालिकाले नया नयां कार्यक्रमका साथै हरेक गतिविधिमा छिमेकी नगरपालिका भन्दा अग्रस्थानमा उभिन सफल भएको जिल्लामा मात्र हैन,राष्टियस्तरमै चर्चा कमाएको छ । संघीय संरचनामा गइसकेपछि स्थानीय सरकारमा धेरै अधिकार आएका छन् । तसर्थ स्थानीय जनप्रतिनिधि बढी नै जिम्मेवार र जनताप्रति उत्तरदायी हुनपुर्ने आवश्यकता छ । गौतमबुद्ध सन्देशले जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउने उद्देश्यले जनप्रतिनिधिसंग गौतमबुद्ध सन्देश स्तम्भ शुरु गरेका छौं । प्रस्तुत छ : तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेसंग सम्पादक टोपराज शर्मा (टि.आर) ले गरेको कुराकानी ।

बासुदेव घिमिरे
प्रमुख
तिलोत्तमा नगरपालिका, रुपन्देही

-यहाँ निवार्चित भएर आएको एक वर्ष पुगेको छ । यो अवधिमा नगरपालिकाले के के उपलब्धि हासिल ग¥यो ?

हामि निर्वाचित भएर आएपछि सम्पादन गरिएका मुख्य मुख्य कामहरु निम्न बमोजिम छन् । नगरपालिकाबाट आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब ६९ लाख रुपैंयाँको बजेट सार्वजनिक गरिएकोमा आ.व. को अन्तसम्म ९५% कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।  सडक ग्राभेल योजना अन्तर्गत  ‘नगरका सबै बाटोलाई व्यवस्थित र उच्चस्तरको ग्राभेल गराउने’ योजनाअनुसार चालू आर्थिक वर्षमा ७ करोड ९० लाख रुपैंयाँको काम सम्पन्न भएको छ ।

पशु बीमा र कृषि ऋणमा अनुदानको व्यवस्था : नगरपालिकाले चालु आर्थिक वर्षबाट सुरु गरेको पशु बीमामा अनुदानको व्यवस्था मिलाएकोमा हालसम्म ७६२ जनाले उक्त सुविधा लिईसक्नु भएको छ ।   एकीकृत नगर विकास गुरुयोजना निर्माण : “सम्मुनत, सुरक्षित तथा वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” भन्ने दुरदृष्टि सहित नगरको एकीकृत विकासका लागि गुरुयोजना बनाउने काम सम्पन्न हुने क्रममा रहेको छ ।

केन्द्रीय प्रशासनिक भवन तथा अतिथि गृह शिलन्यास : नगरपालिकाले निर्माण गर्न थालेका प्रमुख  प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृह  शिलन्यास गर्ने कार्य सम्पन्न भएको छ भने  उक्त प्रमुख प्रशासनिक भवन र वडा नं. ९ को केउलानीमा निर्माण हुने सभाहल सहितको अतिथि गृहको ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढाइएको छ ।

सार्वजनिक सेवा प्रवाह र सुशासन : स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम वडा कार्यालयहरुबाट सम्पादन हुने कामहरु तत्–तत् वडा कार्यालयहरुबाट नै सम्पादन हुने व्यवस्था मिलाइएको छ सोही अनुसार १७ वटै वडा कार्यालयहरु स्थापना भएका छन् । सबै वडा कार्यालयहरुमा आन्तरिक नेटवर्क जडान भैसकेको छ । आगामी आ.व.मा सवै वडा कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरी संचालनमा ल्याइनुका साथै कार्यालय परिसरमा सिसि क्यामरा जडान गर्ने लक्ष्य रहेको छ । प्रचलित मापदण्ड पूरा गर्न नसकेर नक्सापास, नक्सा नियमित गर्ने लगायतका कामहरु थाँती रही समस्यामूलक बनेका स्थानीय जनताका समस्याहरु स्थलगत अनुगमन गरी सार्वजनिक हानी नोक्सानी नहुने गरी समस्याको हल गर्ने परिपाटीको सुरुवात गरिएको छ ।

भ्यू टावरको काम सुरु : वडा नं. १ स्थित सामुदायिक वन अन्तर्गत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) परिसरमा निर्माण हुने दश तले भ्यू टावरको शिलन्यास भई निर्माण कार्य सुरु भएको छ ।

विपद् प्रकोप राहत कोष स्थापना तथा वितरण : विपद् पीडितहरुको राहत तथा उद्धारमा सहयोग पु¥याउन स्थापना गरिएको उक्त  कोषबाट हालसम्म ९० जना लाभान्वित भएका छन् । सो कोषमा जेठ मसान्तसम्म रु. ४,५३,५००।– भुक्तानी भई रु. १,४१,३५८ बैंक मौंज्जाद रहेको छ । सडकहरुको अभिलेखिकरण : नगर भित्रका सडकहरुको डिजिटल प्रविधिबाट अभिलेखीकरण गर्ने कामको सुरुवात गरी करिब सबै वडाको रेकर्ड अद्यावद्यिक गर्ने काम सम्पन्न भैसकेको छ ।

सार्वजनिक जग्गाको लगत संकलन कार्य : नगरपालिका भित्रको सार्वजनिक÷सरकारी जग्गाको लगत संकलन कार्य जारी रहेको छ । हालसम्म वडा नं. ३, ४, ९ र १३ मा लगत संकलन कार्य सकिएको छ,  वडा नंं. १४ हाल नापी गर्ने कार्य चालु छ भने बाँकी वडाहरुमा क्रमशः नापी कार्य हुनेछ ।

तथ्यांक संकलन : नगरभित्रका अव्यवस्थित, सुकुम्वासी तथा भूमिहिन नागरिकको तथ्यांक संकलन कार्य सबै वडाहरुमा भैरहेको छ । यस्तै नगरको जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कुल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैङ्गिक सशक्तिकरण सूचकाङ्क, सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति भवन, सडक, पसल, व्यवसायको विवरण सहितको तथ्यांक अभिलेख अद्यावद्यिक गर्नको लागि तथ्याँक प्रविष्टि (डाटा ईन्ट्री) को काम भईरहको छ ।

सरसफाई अभियानलाई नियमितता प्रदान : नगरलाई सफा, सुन्दर र हरभरा बनाउन सरसफाई अभियानलाई ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा भन्ने नाराका साथ नियमित बनाइएको छ । साउन ९ गतेबाट सुरु गरिएको सरसफाई अभियान जेठ मसान्तसम्म आईपुग्दा १९ औं श्रृंखलामा पुगेको छ । नगरका सडकहरुलाई हरियाली बनाउने उद्देश्यले बुटवल–बेलहिया सडक किनारमा विभिन्न बैंक, सहकारी, क्लव, संघ–संस्थासँगको सहकार्यमा रोपिएका विरुवालाई हुर्काउन र संरक्षण गर्न आवश्यक प्रबन्ध मिलाइएको छ । साथै जोगीकुटीदेखि मणिग्रामसम्मको सडकको दायाँबायाँ वृक्षारोपण गरिएको स्थानमा स्थानीय संघ संस्था, क्लब र स्थानीय व्यवसायीहरुको सहकार्यमा बगैचा निर्माण कार्यलाई तिव्रता दिइएकोमा यो कार्यक्रम अन्य स्थानमा पनि लागू हुने क्रममा रहको छ ।

फोहोर व्यवस्थापन : नगरपालिका क्षेत्रबाट निस्कने फोहोरलाई स्रोतमै वर्गिकरण गरी गल्ने र नगल्ने छुट्टाई फोहोर उत्पादनको मात्रालाई कम गर्न र फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनका लागि जनसहभागिता वास सहकारी संस्था लि. वडा नंं. ८ सँग सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार कार्य प्रारम्भ गरिएको छ । साथै फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको सम्भाव्यता अध्ययन भईरहेको छ ।

प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन : ‘प्लाष्टिक झोलामुक्त नगर : हामी सबैको एउटै रहर’ भन्ने अभियानका साथ २०७५ बैशाख १ गतेबाट प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गरिएको छ ।

छाडा चौपाया व्यवस्थापन : नगरपालिकामा रहेका छाडा चौपायहरु नियन्त्रण अभियान संचालन गरिएको छ । गौशालालाई सार्वजनिक– निजी साझेदारीको अवधारणा अनुसार संचालन गर्न विभिन्न पक्षहरुसँग छलफल भैरहेको छ । ईस्कोन नामक संस्था साझेदारीका लागि ईच्छुक देखिएको छ । चौपाया छाडा छाड्ने प्रवृत्ति हटाउन घरगोठमा पालिएका चौपायालाई सार्वजनिक स्थानमा छाड्नेहरुलाई कारवाही स्वरुप पहिलो पटक तीन हजारसम्म जरिवाना लगाउने व्यवस्था सहितको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७५ जारी गरिएको छ । गौशाला व्यवस्थापनका लागि करिब १५ लाख रुपैया खर्च गईसकेको छ ।

स्थानीय शिक्षा : नगरको शिक्षालाई थप व्यवस्थित र गुणस्तरीय बनाउने गरी आवश्यक नीतिगत व्यवस्था गरी विभिन्न् कार्यहरु सम्पन्न गरिएको छ ।  तीन वटा प्राथमिक तहका विद्यालयहरु मर्ज गरिएको छ भने विभिन्न  सामुदायिक तथा निजी विद्यालयहरुको नियमित अनुगमन गरिएको छ ।  सामुदायिक विद्यालयका प्रअहरुसँग कार्यसम्झौता गरिएको छ । सामुदायिक विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुका लागि दिवा खाजा तथा टिफिनकारी वितरण गर्ने काम सम्पन्न भैसकेको छ । बाल विकास शिक्षाका सबै बालबालिकाहरुलाई निःशुल्क खाजाको व्यवस्था मिलाइएको छ । भने कक्षा ५ सम्मका विद्यार्थीलाई टिफिनकारीको व्यवस्था मिलाइएको छ । यो व्यवस्थाबाट बाल विकास शिक्षाका १३२५ जना र कक्षा ५ सम्मका ३९९२ जना विद्यार्थी लाभान्वित भएका छन् । नगरपालिकाको शैक्षिक अवस्थाको तथ्यांकगत अवस्था झल्किने गरी शैक्षिक प्रोफाइल तयार पार्ने काम भैरहेको छ । यो शैक्षिक सत्रभित्र नगर शिक्षा नीति तथा कार्यक्रम बनाउने हाम्रो लक्ष्य छ ।

विषयगत शाखा व्यवस्थापन : शिक्षा, सहकारी स्वास्थ्य, महिला विकास लगायतका विषयगत शाखा स्थापना भई विषयगत रुपमा कार्यसम्पादन भईरहेका छन् । यसैक्रममा सहकारी दर्ता र नियमनको काम नगरपालिकाबाट सुरु गरिएको छ ।

 स्थानीय कानून : नगरपालिकाले मुलुकमैं पहिलो पटक स्थानीय कानुन निर्माण गरी त्यसको जानकारी संघीय सरकार र प्रदेश सरकारलाई गराएको छ । पहिलो नगरसभाबाट पारित विभिन्न ऐन, नियमावली, निर्देशिका, कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित गरेर नगरपालिकाले त्यसको जानकारी संघीय र प्रदेश सरकारलाई गराएको छ । हाल सम्म विभिन्न २१ वटा ऐन, नियम, नियमावली, निर्देशिका, कार्यविधि निर्माण भैसकेका छन् भने १५ वटा निर्माणको क्रममा छन् । नगरपालिकाभित्र सञ्चालन हुने सबै प्रकारका सार्वजनिक महत्वका कार्यक्रमलाई उपलब्धिमुलक, मितव्यायी, छिटो–छरितो, समयसापेक्ष बनाउन सार्वजनिक महत्वका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी गरिएको छ ।

स्थानीय न्याय सम्पादन : प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी न्यायिक समितिले स्थानीय न्याय सम्पादनको काम प्रारम्भ गरेको छ । न्यायिक समितिको सचिवालयको स्थापना,  न्याय सम्पादनका कार्यविधिहरुको प्रकाशन लगायतका कामहरु सम्पन्न भएका छन् । सानातिना विवादको निरुपण स्थानीय तहबाटै हुने समाधान प्रणाली बसिसकेको छ । जेठ मसान्तसम्म न्यायिक समितिमा आएका ६८ वटा मुद्धाहरु मध्ये ३६ वटा फछ्र्योट भएका छन् । ११ वटा मुद्धा सचिवालयमा छलफल गराएर माथिल्लो निकायमा पठाइएको छ भने ७ वटा मुद्धा वडा कार्यालयमा पठाइएको छ । १४ वटा मुद्धा छलफलको क्रममा रहेका छन् ।

घरबास पर्यटन (होमस्टे) : वडा नं १३ को सेमरीमा स्थानीय थारु समुदायको भाषा, संस्कृति र कलाको संरक्षण र विकासका अतिरिक्त  स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना गर्न, जीवनस्तरमा सुधार ल्याउन, विपन्न, महिला, आदिवासी जनजाती र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकासका लागि होमस्टेको कार्य अघि बढाइएको छ । होमस्टे सचिवालय उद्घाटन गरी स्थानीयहरुको क्षमता अभिवृद्धिको काम अघि बढाइएको छ ।

टोल विकास संस्थाहरुको गठन :  नगरको विकासलाई समुदायमा आधारित, समुदाय नियन्त्रित बनाउँदै स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोग गरी समग्र विकासमा योगदान पुर्याउनको लागि हालसम्म करिब २०० वटा टोल विकास संस्थाहरु गठन भईसकेका छन् ।

भगिनी सम्बन्ध  : कृषि उद्योग, वाणिज्य, विज्ञान तथा प्रविधि र सास्कृतिक क्षेत्रमा सहयोग आदान प्रदान गर्नुका साथै अन्र्तराष्ट्रिय शहरहरुसँगको सम्बन्ध विस्तार गरी नगरपालिकाको पहिचान स्थापित गर्ने उदेश्यले Ankang City चीन र जापानको नागोया सिटी लगायतका शहरहरुसँग नेपाल सरकारको स्वीकृती लिई भगिनी सम्बन्ध राख्नको लागि आवश्यक गृहकार्य भैरहेको छ ।

बजार अनुगमन : बजार अनुगमन निर्देशिकाअनुसार बजार अनुगमनको कार्यलाई नियमित पारिएको छ । नगरपालिका अन्तर्गत्का नदी तथा खोलाहरुबाट हुने नदीजन्य पैदावारको अनियमितता तथा चोरी निकासी नियन्त्रणका लागि विशेष पहलका कामहरु भैरहेका छन् ।

व्यवस्थित सहरीकरणका लागि ‘ल्याण्ड पुलिङ’ को अवधारणा : व्यवस्थित र योजनाबद्ध सहरीकरणका लागि नगरपालिकाले ‘ल्याण्ड पुलिङ प्रोजेक्ट’ को अवधारणा अघि सारेको छ । ‘ल्याण्ड पुलिङ’ का सन्दर्भमा नगरपालिकाले विज्ञसँग छलफल तथा अन्तरक्रिया गरिसकेको छ ।

जथाभावी जग्गा प्लटिङमा रोक तथा भवन तथा सडकको नयाँ मापदण्ड : नगर क्षेत्रमा जथाभावी जग्गा प्लटिङमा रोक लगाएको छ । जग्गा विकास तथा प्लटिङ सम्बन्धी मापदण्ड–२०७४ जारी गरी नगरपालिकाको पूर्व–स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाइनुका साथै भवन निर्माण मापदण्ड–२०७४ कार्यान्वयनमा ल्याइएको छ । लामो सयमको प्रयास पछि आगामी आ.ब. मा नगरपालिकाको सम्पूर्ण क्षेत्रको पुनर्नापीको कार्यलाई अर्थमन्त्रालयबाट कार्यक्रम समावेस गर्न सफल भईएको व्यहोरा जानकारी गराउँदछु ।

वडा नं. १७ लाई  स्वायत्त क्षेत्र घोषणा गर्न सिफारिस : स्थानीय सरकार सञ्चालन ऐनमा रहेको ‘एकै भाषा वा संस्कृति भएका समुदायको सघन उपस्थिति र बाहुल्यता रहेको, सामाजिक तथा आर्थिक विकास सूचकाङ्क राष्ट्रिय औषतभन्दा कम रहेको जिल्ला, स्थानीत तह वा वडालाई प्रदेश सरकारको परामर्शमा नेपाल सरकारले स्वायत्त क्षेत्र घोषणा गर्न सक्ने’ भन्ने व्यवस्थाअनुसार  वडा नं. १७ लाई स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।

प्राथमिकतामा रहेका २५ सडकको राइट अफ वे निर्धारण : चरणबद्ध छलफलबाट छनौट भई आएका २५ वटा सडकको राइट अफ वे ४३ फुट निर्धारण गरेर प्राथमिकीकरणका साथ शहरी शासन तथा पूर्वाधार विकास आयोजनालाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सिफारिस गरिएको छ ।

व्यवसायीलाई करको दायरामा ल्याउन वडा–वडामा शिविर :  सबै प्रकारका व्यवसायलाई करको दायरामा ल्याउनुका साथै तिनीहरुको तथ्यांक अद्यावधिक राख्न वडा–वडामा पुगेरै व्यवसाय दर्ता शिविर सञ्चालन गरिएकोमा जेठ मसान्तसम्म झण्डै तीन हजार पाँच व्यवसाय दर्ता भएका छन् । त्यसबाफत नगरपालिकालाई झण्डै ७८ लाख राजस्व संकलन भएको छ ।

‘बेगनबेली’ नगरको सिटी फ्लावर निर्धारण : नगर फूल (सिटी फ्लावर) को रुपमा ‘बेगनबेली’ लाई स्वीकृत गरी सो फूल नगरको मुख्य कार्यालय, वडा कार्यालय, विषयगत कार्यालय, शिक्षण संस्था लगायतका सबै प्रकारका संगठिन संघ–संस्थाको परिसर तथा सडकहरुमा आकर्षक डिजाईमा रोप्ने व्यवस्था मिलाउन संघ–संस्थालाई आव्हान गरिएको छ ।

एकीकृत सम्पत्ति करको तयारी : मुलुकका अन्य स्थानीय तहमा जस्तै यस नगरपालिकामा पनि आगामी साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लागु गर्ने तयारी गरिएको छ ।

ठूला विकास आयोजनाका लागि पहल : नगरपालिकाले आफ्नै स्रोतबाट निर्माण गर्न नसक्ने ठूला आयोजना निर्माणका लागि यस क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यज्यूहरुका साथै संघीय र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यस्तै मणिग्राममा ईलाका प्रशासन कार्यालय राख्न गृह मन्त्रायलाई अनुरोध गरिएको छ ।

नगर प्रहरी परिचालन : स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्थाअनुसार नगर प्रहरी नियुक्त गरी परिचालन गरिएको छ । हाल पाँच जना रहेका नगर प्रहरीको संख्या बढाइने छ भने यसलाई व्यवस्थित बनाउन नहर प्रहरी परिचालन कार्यविधि जारी गरिएको छ । ३३. नगर क्षेत्रमा डिपिआर प्रस्ताव तयार हुने क्रममा रहेका महत्वपूर्ण आयोजनाहरु निम्नानुसार रहेका छन् :  मेडिकल कलेज,  एकीकृत ढल निकास योजना,  तिलोत्तमा रिंगरोड, औद्योगिक करिडोर ।

 प्रस्तावित आयोजनाहरु : एकीकृत सडक विकास आयोजना, खानेपानी आयोजना, क्षेत्रीय बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, अन्तर्राष्ट्रिय खेल मैदान,  क्षेत्रीय स्तरको चिडियाखाना, कृषि उपज संकलन, प्रशोधन केन्द्र तथा कोल्ड स्टोर, तिलोत्तमा उद्योग ग्राम, अटोमोवाईल जोन, मासु प्रशोधन केन्द्र लगायत रहेका छन् । ३५  देशका दाङ्गको घोराही लगायत करिब ७ वटा गाउँपालिका/नगरपालिकाका जनप्रतिनिधिहरु हाम्रो नगरपालिको अध्ययन भ्रमण गर्नुभएको छ ।

– निर्वाचनमा जादा के कस्ता प्रतिवद्धता थिए, अहिले कार्यान्वयन के कति भए, के कति हुँदैछन् ?

लोकतान्त्रिक शासन् व्यवस्थाका आधारस्तम्भ जनता हुन् । जनताले नजिकको र पायक पर्ने स्थानबाट आफू अनुकुल सेवा सुविधा प्राप्त गर्नपर्छ भन्ने मान्यता अनुरुप नै स्थानीय तहलाई राज्य संरचनाको रुपमा स्थापित गरि संविधानिक रुपमा अधिकांश अधिकारहरु हस्तान्तरण गरिएको हो । सोही मर्म अनुसार समानुपातिक विकास, सामाजिक न्यायसहितको शासन व्यवस्था, उत्तरदायी सार्वजनिक प्रशासन मार्फत स्थानीय वासीहरुले महसुस गर्ने गरि सम्वृद्ध नगरपालिका बनाउने खालका प्रतिवद्धताहरु निर्वचन अघि रहेका थिए । उक्त प्रतिवद्धतालाई नै केन्द्र विन्दुमा राखि आ.व. ०७४÷०७५ को नीति तथा कार्यक्रम र वजेट ल्याईएको थियो । वजेट कार्यान्वयनको क्रममा ऐन, नीति, नियमका साथ साथै विभिन्न व्यवहारिक पक्षहरुलाई समेत विश्लेषण गर्दै स्थानीय आवश्यकता अनुसार पटक पटक नीतिगत निर्णयहरु गरी प्रतिवद्धताहरु पुरा हुँदै गईरहेका छन् । अहिले हामी विगत आ.व. को वृहत समिक्षा र सरोकारवालाहरुसँग घनिभूत रुपमा अन्र्तक्रिया गरी निर्वाचन अघिकै प्रतिवद्धता अनुसार आ.व. ०७५÷०७६ को नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्दैछौँ । समयको अन्तराल सँगै जनअपेक्षाहरु परिस्कृत हुँदैँ जाने हुँदा सोही कुरालाई मध्यनजर राख्दै आगामी योजनाहरु कार्यान्वयन हुने कुरा विश्वास दिलाउन चाहन्छु ।

नगरपालिकाको विकासको लागि नमूना योजना के बनाउनु भएको छ ?अहिले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा व्यस्त छौ ।

सम्वन्धित समितिका सदस्य तथा वडाअध्यक्ष सदस्य सहित कर्मचारीको टीम सहित लागेका छौ करिव अन्तिम तयारीमा छौ । अहिले धेरै नयाँ योजना कार्यक्रम भन्दापनि हामीले गत वर्ष सुरु गरेका कार्यक्रम र बिकास निर्माणलाई नै निरन्तरता दिन्छौ । त्यसका अतिरिक्त आगामी आर्थिक वर्षलाई शिक्षा, स्वास्थ्य र कृषि वर्षको घोषणा गरी बिशेष कार्यक्रम सञ्चालन गर्ने छौ । स्तरीय पढन पाठनलाई बिशेष ख्याल गर्ने छौ । ३ वर्ष भित्र नगरपालिका भित्रका सामुदायिक बिद्यालयलाई सस्थागत बिद्यालयको हैसियतमा पुर्याउने छौ । त्यसका लागि बिद्यालयहरुको भौतिक बिकास, शिक्षकहरुको दरवन्दी जे आवश्यक पर्छ सहयोग गर्ने छौ । बिद्यार्थीहरुलाई पनि पढनका लागि उपयुक्त वातावरण बनाउन कस्तो सहयोग आवश्यक पर्छ त्यो गर्ने छौ । स्वास्थ्यका लागि स्वास्थ्य चौकिहरुमा औषधि र स्वास्थ्यकर्मीको अभाव हुन दिने छैनौ । सेमरा स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नती गर्ने प्रक्रिया सुरु गर्ने छौ । साउन देखि सरकारले स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा लगाउने सुनेका छौ । यस नगरपालिकाको कुनै वडालाई नमुनाका रुपमा लिएर तत्कालका लागि गरीव र न्यन आय भएका परिवारको निश्चित बिमा वापतको रकम नगरपालिकाले तिर्ने व्यवस्था गर्ने छौ । त्यस्तै कृषिको लागि केही स्थानलाई कृषि पकेट क्षेत्र घोषणा गर्ने छौ । वडा नम्वर १४ मा तरकारी पकेट क्षेत्र घोषणा गर्ने छौ । माछा पालन, पशुपालन, बिउ बिजन, गहु खेति आदीका लागि सम्भाबित क्षेत्र पहिचान गरी पकेट क्षेत्र घोषणा गरी प्रत्येक पकेट क्षेत्रमा कम्तीमा एक जना कृषि प्राबिधिक सहित मल बिउ बिजन के के अनुदान सहयोग गर्नुपर्छ सहयोग गर्छौ । अहिले भएका कृषि सेवा केन्द्रलाई थप व्यवस्थित रुपमा सञ्चालन गछौ । भैलुभुजका बोरिगंलाई अनुदान दिएर भएपनि चलाउछौ बिभिन्न कुलापानी तथा नहरको व्यवस्थापनमा सहयोग गर्छौ । यस क्षेत्रमा आउन चाहने नया उद्योगिलाई कम्तीमा ३ बर्ष व्यवसायीक करमा केही प्रतिशत छुट दिने छौ । ५ सय युवालाई स्वरोजगार बनाउन बिशेष खालका सीपमुलक तालिम चलाउने छौ । सिद्धार्थ राजमार्गमा सकेसम्म नगरपालिकाका दुबै तर्फ र नभए आगामी बर्ष एका तर्फ र त्यसपछी अर्को तर्फ प्रवेशद्धार बनाउने छौ । प्रत्येक वडामा कम्तीमा एउटा पार्क बनाउने छौ । ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको नारालाई सार्थक बनाउन बिभिन्न कार्यक्रम र योजना सञ्चालन गर्ने छौ । बिस्तृतमा नीति कार्यक्रम र बजेटबाट जानकारी गराउने नै छौ ।

संघीयता कार्यान्वयनको पहिलो अभ्यास गरिरहदा के कस्ता अप्ठयारा र चुनौतीहरुको भोग्नु पर्दो रहेछ ?

संघीयता कार्यानवयनको अभ्यास गरिरहँदा हामीले अनेकौ चुनौतीहरुको सामना गरिरहेका छौ । ती चुनौतीहरुलाई अवसरमा बदल्दै अगाडि बढेका छौ । मूलरुपमा हामीले कानूनी तथा नीतिगत अस्पष्टता, अभावको अवस्थालाई सामना गरिरहेका छौ । त्यसैगरी संगठनात्मक संरचना, कर्मचारी समायोजन कार्यालय स्थापना तथा संचालन जस्ता चुनौतीहरुको व्यवस्थापनको चुनौती रहेको छ ।  राजनैतिक संक्रमणकालीन अवस्थाको अन्त्य भई प्रशासनिक संक्रमणकालिन अवस्था रहेको हुादा संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले प्रदान गरेको अधिकारका सम्बन्धमा कार्यगत स्पष्टता नहुँदा साविकका विषयगत कार्यालयहरुबाट सम्पादन भई आएका कार्यहरु पूर्णरुपमा हामीलाई हस्तान्तरण भएर नआउँदा जनतालाई केही असहज भएको छ । तथापी श्रावण १ गतेबाट समस्या समाधान हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

आगामी ४ वर्षमा नगरपालिकाको रुप कस्तो हुने छ ? यहाँसँग के कस्ता योजना छन् ?
आगामी ४ वर्षमा यो नगरपालिका ५ नं. प्रदेशको अव्वल नगरपालिकाको रुपमा विकसित हुनेछ । आधारभूत शही सुविधा उपलब्ध भएका हुनेछन । शिक्षा क्षेत्रमा संस्थागत र सामदायीक विद्यालय वीच खाडल कम भई वर्गिय विभेद रहितको शिक्षा प्रणाली स्थापना भएको हुनेछ । त्यसैगरी योगिकुटी देखि कोटिहवा सम्मको सिक्सलेन सडक हरियाली, सफा, सुन्दर र आर्कषक भएको हुनेछ । यसैगरी वुद्ध सर्किट लगायतका अन्य राजमार्ग समेत हरियाली प्रवद्र्धन भएको हुनेछ । नगरका अधिकांश पक्कि सडकहरु कालोपात्रे भएका हुनेछन भने आन्तरिक स्रोत परिचालनमा ५ नं. प्रदेशको अग्रणी नगरपालिका वन्नेछ । यसैगरी जनमैत्री, उत्तरदायी, सक्षम र तालिम प्राप्त कर्मचारीहरु मार्फत सामाजिक न्यायको आधारमा मुस्कान सहितको सेवा प्रदान भएको हुनेछ । आगामी नयाँ आर्थिक वर्षका लागि वजेट ल्याउँदै हुनुहुन्छ, वजेटका प्राथमिकता के के हुन् र वजेटको सिलिङबारे केही बताइदिनुस न ।वजेट आय व्ययको अनुमानित दस्तावेज मात्र नभई सम्वृद्ध नगरपालिका रुपान्तराण गर्ने मार्गदर्शन र औजार समेत हो । तिलोत्तमा नगरपालिकाले संवैधानिक एवं कानूनी व्यवस्था, स्थानीय तहको वजेट तर्जुमा दिग्दर्शन २०७४ जस्ता नीतिगत मार्गदर्शनको अधिनमा रहि स्थानीय यथार्थतामा आधारित रहेर वजेट निर्माण प्रक्रियामा अगाडि बढाईरहेको छ । आ.व.२०७५÷०७६ को नीति तथा कार्यक्रमको लक्ष “सम्वृद्ध नगरः खुसी नगरवासी” राखिएको हुँदा उक्त लक्ष पुरा गर्नको लागि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास प्रमुख गन्तव्यका रुपमा पहिचान गरि सोही अनुरुप उक्त कुराहरुलाई नै प्राथमिकतामा राखि वजेट प्रस्तुत गर्ने जमर्को गरेका छौ । वजेट निर्माण प्रक्रिया हाल विभिन्न विषयगत समिति र कार्यपालिकामा छलफलकै क्रममा रहेकाले वास्तविक आकार यकिन नभएतापनि करीव एक अर्व बीस करोडको वजेट प्रस्तुत हुने कुरा जानकारी गराउन चाहान्छु ।

अन्त्यमा नगरपालिकाको सञ्चार नीति के छ ? नगरपालिकाले वितरण गर्ने सूचना र विज्ञापन एउटै मिडियालाई मात्र लगातार दिईएको छ, अरुलाई उपेक्षा गरिएको छ भन्ने गुनासो छ । समानुपातिक विज्ञापनको कुरा पत्रकार महासंघले समेत उठाईरहेको छ, यसलाई कसरी लिनुभएको छ ?
नगरपालिका स्थानीय सञ्चार माध्यमहरुको सशक्तिकरण र सवलीकरणमा जोड दिएका छौ । सूचना आम नागरवासीहरुलाई सञ्चार माध्यमबाट स्थानीय सरकारका हरेक गतिविधिहरु सम्प्रेषण् गर्ने गरिएको छ । यसै सन्दर्भमा आगामी आ.व. मा शुरु हुने गरी हामीले तिलोत्तमा मिडिया हाउस र सञ्चार ग्रामको अवधारणा अगाडि सारेका छौँ । साथै नगरको समग्र विकासमा कलम चलाउने उत्कृष्ट सञ्चारकर्मीलाई पुरस्कृत गर्ने नीति अनुसार पत्रकार अक्षयक कोष स्थापनाका लागि वजेट विनियोजन गरेका छौँ । जहाँसम्म विज्ञापन र सूचना वितरणको प्रश्न छ त्यो विषयलाई हामीले सकेसम्म समानुपातिक र आलोपालो वितरणको व्यवस्था मिलाएका छौँ । यदाकदा समानुपातिक वितरण नभएको यदि हो भने पक्कै पनि समानुपातिक वितरण प्रणालीको व्यवस्था मिलाइनेछ ।

प्रस्तुति : टि.आर. शर्मा 

Facebook Comments