लुम्बिनीमा पर्यटक घटे

प्रकाश न्यौपाने
भैरहवा, २८ जेठ ।

बुद्धजन्मस्थल लुम्बिनी आठ लाख बढी पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०१८ को पाँच महिनामा ८ लाख ५ हजार ९ सय ९९ जना पर्यटक लुम्बिनी पुगेका छन् । यो तथ्यांक नेपालीसहित भारतीय र तेस्रो मुलुकका पर्यटकको हो भने गत वर्ष सोही अवधिको भन्दा एक लाख २६ हजार ६६ ले कमी हो । सन् २०१७ को पाँच महिनामा नेपाली सहित भारतीय र ते्रस्रो मुलुका ९ लाख ३२ हजार ६५ जना पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए ।

पाँच महिनामा ६ लाख ६४ हजार ८ सय ८० स्वदेशी पर्यटक लुम्बिनी आएका छन् भने भारतीय ७१ हजार ८ सय १९ छन् । यस्तै तेस्रो मुलुकका ६९ हजार ३ सय पर्यटक लुम्बिनी भ्रमणमा आएको विकास कोषले जनाएको छ । कोषका अनुसार गतभवर्ष भन्दा यो वर्ष आन्तरिक पर्यटक ह्वात्तै घटेका छन् । भारतीय र तेस्रो मुलुकका पर्यटक पनि न्यून मात्रामा बढेका छन् । गतवर्ष ७ लाख ९४ हजार ३३ जना आन्तरिक पर्यटक लुम्बिनी पुगेका थिए भने भारतीय ६८ हजार ८ सय २६ ले लुम्बिनी भ्रमण गरेको विकाष कोषको तथ्यांकमा उल्लेख छ । यस्तै तेस्रो मुलुकका ६९ हजार २ सय ६ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

सूचना अधिकृत राजन बस्नेतले पर्यटक आगमन राम्रो नभएको बताए । ‘यो वर्ष पर्यटक आगमनमा राम्रो संकेत देखिएन, अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार पनि राम्रो छ, के–कति कारणले आगमन प्रभावित भयो भनेर सुष्म अनुसन्धान गरिरहेका छौं’, उनले भने– ‘स्वदेशी पर्यटक घट्दा केही समस्या हो की भन्ने हाम्रो हम्याईँ हो ।’ उनले सुरक्षाकर्मी फेर्दा पनि प्रष्ट डाटा नआएको हुनसक्ने बताए । लुम्बिनीको सुरक्षामा प्रश्न उठ्न थालेपछि कोषले अहिले सुरक्षार्थ गु्रप फोर्स कम्पनीलाई खटाएको छ ।

सन् २०१८ को जनवरीमा ९५ हजार ८ सय २३ नेपाली, १२ हजार ९ सय ८८ भारतीय र ९ हजार ७ सय १४ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । गत वर्ष सोही महिनामा १ लाख ८१ हजार ७ सय ८० नेपाली, १८ हजार ३ सय ५४ भारतीय र ८ हजार ८ सय ४६ पर्यटक लुम्बिनी आएका थिए । यस्तै फ्रेबुअरीमा १ लाख २७ हजार १ सय ९३ नेपाली, ११ हजार १ सय ७ भारतीय र १९ हजार ७ सय ९५ जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष सोही अवधिमा १ लाख ३० हजार ९ सय ३० नेपाली, १० हजार ५ सय ७७ भारतीय र २३ हजार १ सय १८ पर्यटक लुम्बिनी आएका थिए ।

त्यस्तै २०१८ को मार्चमा ८० हजार ६ सय ८२ नेपाली, १८ हजार ९ सय ८६ भारतीय तथा तेस्रो मुलुकका २९ हजार ६१ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । गत २०१७ को सोही अवधिमा ६८ हजार ४ सय १२ नेपाली, ९ हजार ७ सय २१ भरतीय तथा २८ हजार ५ सय ११ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

अप्रिलमा ३ लाख १९ हजार ७ सय ६४ नेपाली, १६ हजार ९ सय ९ भारतीय र ८ हजार २३ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन् । २०१७ को अप्रिलमा नेपाली ३ लाख १३ हजार ९ सय ४८, १३ हजार ४ सय ९७ भारतीय तथा ६ हजार ९२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । २०१८ को मे महिनामा ४१ हजार ४ सय १८ नेपाली, ११ हजार ८ सय २९ भारतीय र २ हजार ७ सय ७ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् भने २०१७ को मेमा ९८ हजार ९ सय ६३ नेपाली, १६ हजार ६ सय ७७ भारतीय तथा २ हजार ६ सय ३९ पर्यटक लुम्बिनी आएको विकास कोषका सूचना अधिकृत बस्नेतले बताए ।

कोषका अनुसार २०१८ को पाँच महिनामा ६० बढी देशका पर्यटक लुम्बिनी आएका छन् । २०१६ मा भारतीय नाकाबन्दी र नेपालमा गएको महाभूकम्पका कारण थला परेको पर्यटन क्षेत्र त्यसयता फस्टाउँदै गएको छ । तर ०१८ मा आएर स्वदेशी पर्यटक नै लुम्बिनी भ्रमणमा कम आउन थालेका छन् । तराईमा बढ्दो गर्मीले पनि पर्यटक आगामन प्रभावित भएको व्यवसायीहरु बताउँछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *