एमजी क्लबद्वारा प्रहरी चौकीमा नयाँ छाना

गौतमबुद्ध सन्देश
बुटवल, २१ जेठ । एम.जी.(मेरो गाउंले) क्लब बुटवलले अस्थायी प्रहरी चौकी देवीनगर बुटवलको भवनमा नयाँ जस्ता पाताको छाना सहयोग गरेकोे छ । प्रहरी चौकीको भवनको छाना पुरानो र जीर्ण भएकाले क्लबले नयां जस्ता पाताको छाना दिनुका साथै भवनको छत समेत मर्मत गरिदिएको हो ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी चौकीमा छाना राख्ने र मर्मतको काम गरेको क्लबका अध्यक्ष तुल बहादुर सारुले बताए । चौकीका इन्चार्ज भक्तिराम खनालले क्लबको सहयोग उदाहरणीय रहेको बताए ।

सो कार्यको संयोजक क्लबका द्वितीय उपाध्यक्ष ओम सारु,सहसंयोजक कूल राना र जिन्सी सहयोग अमृत बेबारेले गरेका थिए । कार्यक्रमको संचालन महासचिव विष्णु बहादुर थापाले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *