लिस्नु युवा क्लबमा नयाँ नेतृत्व

गौतमबुद्ध सन्देश
बुटवल, १२ जेठ । लिस्नु युवा क्लब तिलोत्तमा १५ कोटिहवाको छैठौं अधिवेशनले तिर्थबहादुर मल्ल (तारा) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार कोटिहवामा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि मल्लको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । क्लबको उपाध्यक्षमा नेमबहादुर गुरुङ, सचिवमा मनोज क्षेत्री, सह–सचिवमा रामप्रसाद भण्डारी, कोषाध्यक्षमा लिल प्रसाद गुरुङ र सह–कोषाध्यक्षमा जीवन आले चयन भएका छन् ।

क्लबको कार्यसमिति सदस्यहरुमा बुद्धिप्रसाद गुरुङ, युवराज गुरुङ, अर्चित श्रेष्ठ, कृष्ण गुरुङ र सुमन गुरुङ चयन भएका छन् । अधिवेशनको उद्घाटन तिलोत्तमा नगरपालिका वडा नंं १५ का वडा सचिव मान बहादुर खातीले गरेका थिए । सो अवसरमा बोल्दै सचिव खातीले समाज रुपान्तरणमा क्लबहरुको भूमिका रचनात्मक हुनुपर्ने सुझाव राखे ।

क्लबका नवनिर्वाचित अध्यक्ष मल्लले क्लबले लिस्नु कप फुटबल प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्नुका साथै सामाजिक कामलाई पनि प्राथमिकता दिएको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *