दासढुंगा हत्या की दुर्घटना सम्मानीय ज्यू ?

      -नरेश के.सी.

आज जेठ ३ गते नेपालको ईतिहांसमा एकै साथ लाखौं जनतालाई रुवाएको दिन । जनताको बहुदलीय जनबादका प्रवर्तक नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा २०५० साल जेठ ३ गते जिप दुर्घटनमा परी निधन भएको थियो । दुर्घटना किन कसले गरायो भन्ने अहिले सम्म एकिन हुन सकेको छैन । तत्कालिन समयमा एमालेले देशैभर मदन आश्रीतको मृत्यु दुघर्टना नभएर हत्या भएको भन्दै आन्दोलन पनि गर्यो । २५ वर्ष अगाडीको यो घटना अहिले सम्म सरकार, सदन र सडकमा उठीरहन्छ तर अझै सम्म उक्त घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन ।

संयोगले भन्नुपर्दछ घटनामा ज्यान गुमाउने भण्डारीको पत्नी विद्यादेवी भण्डारी अहिले मुलुकको राष्ट्रपति छन् । आश्रीत पत्नि माया ज्ञवाली सांसद छिन् । मदन आश्रीतले रगत र पसीना बगाएकोे पाटि एमालेका अध्यक्ष के.पी शर्मा ओली प्रधानमन्त्री छन् । एमाले नेतृत्वको बामपन्थी सरकार छ । मुलुक मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनबादकै मार्गदर्शनमा अगाडी बढीरहेको छ । हरेक वर्ष मदन आश्रीत स्मृति दिवस मनाइन्छ । आज पनि मनाईदैछ । नेताहरुले उनको शालिकमा माल्यापर्ण गर्दैछन् । उनीहरुको योगदान र बहुदलीय जनबादको चर्चा गर्दैछन् तर उनको हत्याको चूरो तथ्य बाहिर ल्याउन सकेका छैनन् । अहिले बहुदलीय जनबादका समर्थकहरु मात्रै होइन शान्ति र विकासप्रेमी आम नेपाली जनता दास ढुंगा घटनाको यथार्तता बाहिर ल्याउन सकेमात्र उनीहरुप्रतिको सच्चा सम्मान हुने विश्वास व्यक्त गरिरहेका छन् । दुई नेताको मृत्यु हुने गरी भएको जीप दुर्घटनालाई एमालेले रहस्यमय भन्दै आएको छ । रहस्यमय भन्ने तर घटनाको जरासम्म पुग्न नखोज्ने प्रवृतिले गर्दा आम सर्वसाधरण पनि अन्यौलमा छन् । श्रीमति राष्ट्रपति भएको समयमा पनि श्रीमानको दुघटनाको कारण पत्ता लगाउन सकिएन भने अबको ५ वर्षपछि यसको चर्चा गर्नु बेतुक हुनेछ । तत्कालिन समयमा मदन आश्रीतको मृत्यको खबरले भाव विहवल हुदैं आवेशमा आएर एमाले नेता गोल्छे सार्किले तत्कालिन सभामुखको गालामा चड्कन हानेका थिए । २५ वर्ष अगाडीको घटनाको सत्यता बाहिर ल्याउन नसक्ने खाली रहस्यमय रहस्यमय मात्रै भन्ने सम्माननीयहरुमाथी जनताको सम्मान र आदर खस्कीन सक्छ ।

एमालेको २०४९ सालमा सम्पन्न पाँचाँै अधिवेशनमा भण्डारीले जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रमका रूपमा अघि सारेका थिए । सो पाटिले उक्त कार्यक्रम मार्फत नै पाटि गतिविधी अगाडी बढाउदैं जाने क्रममा अहिले मुलुकको सबै भन्दा ठूलो दल बन्न सफल भएको छ । छलफल र सम्बादमा कुनै नाटकीय परिवर्तन आएन भने आज मुलुकमा ऐतिहासीक राजनीतिक यात्रा शुरु हुदैंछ । एमाले र माओवादीबीच पाटि एकिकरणको घोषणा गरिने सम्भावना छ । मदन आश्रीतले देखेको साम्यवादी व्यवस्था ल्याउन यो एकता फलदायी हुनेछ । त्यसकोलागी दुबै दलका शिर्षनेताले नया बन्ने पाटिमा अपनत्व लिनु जरुरी छ । माक्र्सवादी दर्शनबाट निर्देशित यी दुबै पाटिले ऐतिहासीक द्धन्द्धात्मक भौतिकवादी सिद्धान्तलाई आत्मसाथ गर्ने मात्रै होइन लामो संघर्षपुर्ण यात्राबाट व्यवहारीक सीकाई पनि गरको हुदां आजको दिन २५ वर्ष अगाडी दुखःद घटनाको कारण जसरी चर्चित भईरहेको छ । त्यहि दुखःको घाउमा केही भएपनि मल्हम लगाउने गरी पाटि एकताको घोषणा गरेर मदन आश्रीतले नेपाली समाजको रुपान्तरणमा पुराएको योगदान सम्मान गरिदैंछ ।

संविधानको सर्वोच्चता र बहुदलीय प्रतिसपर्धा, बहुलबादी खुला समाज, कानुन सम्मत शासन प्रशासन, बहुमतको सरकार र अल्पमतको विपक्ष, मानव अधिकार, प्रजातान्त्रीक मौलिक अधिकार, शान्तिको संवैधानिक प्रत्याभूति र रक्षा जस्ता राजनीतिक विषयहरु दूरगामी प्रभाव पार्ने र निर्णायक महत्व पार्ने विषयहरु समावेश गरि कार्यक्रम अगाडी बढाइएकोले बहुदलीय जनवादी भनेर परिभाषीत गरिएको उक्त कार्यक्रम अहिले पनि जिवन्त छ । अन्तयमाः पाटि एकिकरण गर्दै दास ढुंगा घटना नियोजित हो की दुर्घटना हो सो गहिरो ढंगले अनुसन्धान गर्नेगरी सरकारले एउटा उच्चतहको स्वतन्त्र टोली गठन गर्नुपर्दछ । नेपाल र नेपाल सुहाउदों बैज्ञानिक कार्यक्रम जनताको बहुदलीय जनबादलाई घरघर, चुल्हो चूल्होमा पुराउनेगरी संघ, प्रदेश र स्थानिय सरकार अगाडी बढेमा मात्र मुलुकमा शान्ति र समृद्धि कायम हुनेछ अनिमात्र मदन आश्रीत प्रति सच्चा श्रदासुमन व्यक्त हुनेछ ।
                                                                                                                                                                    (लेखक लुम्बिनी प्रेस क्लबका महासचिव हुन् ।

 

Facebook Comments