स्थापना दिवसमा वृद्धवृद्धालाई फलफूल वितरण

गौतमबुद्ध सन्देश
भैरहवा, १ जेठ । अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटी र अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीको संयुक्त आयोजनामा वृद्धवृद्धालाई फलफूल वितरण गरिएको छ । ५४औं अनेरास्ववियु स्थापना दिवसको अवसर पारेर रुपन्देहीको वसन्तपुरमा अवस्थित श्री सत्य साई वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण गरिएको हो ।

अनेरास्ववियु रुपन्देही क्षेत्र नं ३ इञ्चार्ज लक्ष्मी केसी, बहुमुखी क्याम्पस अध्यक्ष सरोज ठकुरी, सचिव सागर न्यौपाने, रुपन्देही जिल्ला सदस्य हिमाल बस्याल, क्षेत्र नं ३ अध्यक्ष झक बहादुर आले, सिद्धार्थनगर अध्यक्ष घनश्याम दाहाल, श्री सत्य साई वृद्धाश्रमका सञ्चालिका माया खरेल लगायतले वृद्ध आमाको हातबाट केक काटेर स्थापना दिवस मनाएका छन । केक काटे पछि वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण गरिएको अनेरास्ववियु सिद्धार्थनगर कमिटीले जनाएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले अनेरास्ववियु विद्यार्थीहरुको हकहितको क्षेत्रमा सधै क्रियाशिल हुने बताए । उनीहरुले सिद्धार्थनगरमा शिक्षाबाट वञ्चित रहेका बालबालिकालाई अनिवार्य विद्यालय सम्म पु¥याउने कार्यक्रम गर्ने पनि बताए ।

सरोज ठकुरीको अध्यक्ष्यता, जिल्ला कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं ३ इञ्चार्ज लक्ष्मी के.सी.को प्रमुख आतिथ्यता तथा अनेरास्ववियु सिद्धार्थनगर कमिटी अध्यक्ष घनश्याम दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *