राती राती प्रगतिनगरमा मान्छेको ताती

गौतमबुद्ध सन्देश
बुटवल, २८ वैशाख । ५ नम्बर प्रदेशको राजधानी बुटवल उपमहानगरपालिका वडा नम्बर ११ अन्र्तगत पर्ने प्रगतिनगर मध्यम र निम्नवर्गिय मान्छेहरुको बाहुल्य बसोबास रहेको क्षेत्र हो । उक्त क्षेत्रका जनता बारम्बार शिक्षा, स्वास्थ्य र तिनाउको कटान रोकथामकोे लागी स्थानिय सरकार र जनप्रतिनिधिसंग माग राख्दा राख्दै हैरानी खेपेपछि शिक्षाको स्तर वृद्धिको लागी अहिले आफै उपाय अपनाएका छन् ।

उक्त क्षेत्रको शिक्षाको आधारशीला प्रगतिनगर आधारभूत प्राथमिक विद्यालयको स्तरवृद्धि गर्ने ध्ययेले स्थानियहरुको आयोजनामा श्रीमतभागवत धनधान्याञ्चल नहवा ज्ञानमहायज्ञ सन्चालनगरी सो बाट संकलीत रकम विद्यालयको भौतिक पुर्वाधार तथा स्तरवृद्धिमा लगाउने भएका हुन् । २०५४ सालमा स्थापना भएको उक्त विद्यालयमा अधिकांश गरिब र निम्न वर्गिय परिवारका छोराछोरीहरुले अध्ययन गर्छन् । केही दिन अगाडी सम्म विद्यार्थी, शिक्षक र कर्मचारीको मात्रै उपस्थिती रहने उक्त विद्यालयमा अहिले दिनरात मान्छेको ताती लाग्ने गरेको छ ।

दिनमा भन्दा सांझ ७ बजे पछि उक्त विद्यालयको प्रांगणमा मान्छेहरुको खचाखची देखिन्छ । राती ११ बजे सम्म विद्यालयको सर्वागिंण विकासको लागी आयोजित श्रीमतभागवत धनधान्याञ्चल नहवा ज्ञानमहायज्ञमा सोही क्षेत्रका प्रदेशसभा सदस्य समेत रहेका पर्यटन तथा उद्योग मन्त्री लिला गिरी, बुटवल आसपासका समाजसेवीहरु, उद्योगपति, स्थानिय जनप्रतिनिधिहरु सहित हजारौ स्थानिय बासीन्दाहरु शान्तपूर्वक वसेर धार्मिक प्रवचन सुनिरहेको दृश्य अत्यन्तै आनन्ददायक देखिन्छ ।

युवा चर्चित पण्डित वालयोगेश्वर महाराजको धार्मिक प्रवचन तथा कथा वाचनबाट प्रभावित भई उक्त विद्यालयको सर्वागिण विकासकोलागी उद्यमी, व्यवसायी, समाजसेवीले मात्रै होइन दैनिक मजदुरी गर्ने मजदुरहरुले समेत लाखौं रुपैयां खुसीका साथ सहयोग गरिरहेका छन् ।

विद्यालयको प्राचार्य शिव कुमारी आर्यालले दिएको जानकारी अनुसार विहीबार सम्म उक्त कार्यक्रमबाट १ करोड भन्दा बढी रकम संकलन भएको छ । असीनपसीन हुदैं व्यवस्थापनमा खटिएकी प्राचार्य अर्याल विद्यालयको प्रागंणमा सहयोगी हातहरुको ताती देखेर औधी खुसी देखिन्थिन् ।

०५३ साल देखी बस्ती बसेको उक्त क्षेत्रमा सामुदायिक तर्फको एक मात्र विद्यालय भएको हुँदा सो को शैक्षिक गुणस्तर वृद्धि गर्दै प्लसटु बनाउने अभियानका साथ आयोजना गरिएको महायज्ञमा मान्छेहरुको उत्साहबद्र्धक सहभागीताले आफुहरुलाई उर्जा दिएको महायज्ञ सचिवालय सदस्य तथा स्थानिय समाजसेवी कृष्ण बहादुर जिसीले जनाए ।

महायज्ञ तथा धार्मिक महोत्सव मूल आयोजक समितिका संयोजक जीत बहादुर मल्लले विद्यालयको स्तरउन्नतिका गरिएको महायज्ञमा बिभिन्न श्रेत्रबाट सहयोग भईरहेको बताए । उनले भने “हामीले शैक्षिक गुणस्तर र प्लस टु बनाउनेगरी थालेको अभियानमा सबैको साथ पाएका छौं । दिनदिनै १५, १६ हजार जनता प्रगतिनगरमा आउनुभएको छ । धार्मिक प्रवचन सुन्नुभएको छ र सक्दो सहयोग पनि गर्नुृभएको छ “

प्रख्यात उद्घोषक खेमराज रेग्मीले उद्घोषण गरिरहेको उक्त कार्यक्रममा आयोजक अनुसार एमाले जिल्ला उपसचिव गोपाल रानाले ५ लाख ५५ हजार ५५ , उद्योगी उमेश श्रेष्ठले ५ लाख ११ हजार, यस्तै प्रगतिनगर विद्यूत सहकारी संस्थाले ४ लाख ११ हजार, समाजसेवी राजेश श्रेत्रीले ३ लाख , निर्माण व्यवसायीहरु कृष्ण चौधरी र नारायण चौधरीले २ लाख ५५ हजार, संयोजक जित बहादुर मल्ल र पार्वती मल्लले २ लाख ५१ हजार रुपयाँ प्रदान गरेका छन् । यस्तै विद्यालयका प्रचार्य शिव कुमारी अर्यालले २ लाख ५१ हजार, विद्यालयका अध्यक्ष नारायण साारुले २ लाख ५१ हजार, ईन्द्र बहादुर राईले २ लाख ५१ हजार रुपयाँ प्रदान गरेका छन् ।

संजिबनी टोल विकास संस्थाले २ लाख ६४ हजार, शिव आचार्य र लक्ष्मी आचार्यले २ लाख ५ हजार, धर्मसिंह लाम्मकाले २ लाख रुपैया प्रदान गरेका छन् । मानबहादुर थापा मगरले १ लाख १७ हजार सहयोग गरेका छन् ।

यस्तै १ लाख ५१ हजार रुपयामा प्रदान गर्नेमा रामदेवी द्धा, भीम बहादुर अधिकारी, सिता लक्ष्मी पोखरेल र हिरा श्रेष्ठ रहेको आयोजकले जनाएको छ । ५ हजारदेखी १ लाख रुपैया सम्म सहयोग गर्नेहरुको ताती पनि उत्तिकै रहेको आयोजकले जनाए ।

प्रगतिनगर क्षेत्रमा हजारौ जनताको बसोबास भएतापनि राज्यले प्राथमिकतामा राखेर बजेट विनियोजन नगर्दा धेरै प्रकारले त्यहांका जनता ठगीएका छन् । बुटवल उपमहानगरपालिका र प्रदेश सरकारले यस क्षेत्रका जनताको शिक्षा, स्वास्थ र नदी कटान तथा जग्गा धनी प्रमाणपुर्जा वितरणमा आगामी बजेटमै नीतिगत रुपमै विशेष व्यवस्था गर्नुपर्नेमा स्थानिय सामाजिक अगुवाहरुको माग समेत छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *