जिल्ला सदरमुकाममा नाम मात्रको पक्की सडक

अनिल खत्री
गुल्मी, १८ बैशाख । गुल्मी सदरमुकाम रहेका तम्घास बजारमा पक्कीबाटो भत्कीदै जान थालेपछी सडकको अबस्था बेहाल बन्दै जान थालेको छ । रेसुङ्गा नगरपालिका भित्र पर्ने सदरमुकाम बजारक्षेत्रमै रहेको पक्की सडक ठाउँठाउँमा भत्कीए पनि स्थानियले मर्मत गर्न ध्यान नदिएको प्रति गुनासो गरेका हुन् ।

सडक भत्कीएको धेरै समय बित्दै जाँदा जार क्षेत्रमा पानी पर्दा खाल्डाहरुका पानी र घाम लाग्दा धुलो उडने गर्दछ । सदरमुकामको बजार क्षेत्रमै बजार वासीले कतिपय स्थानमा पक्की सडक खनेर खानेपानी पाइप लाइन लैजाने र राम्रोसँग मर्मत नगर्नाले पनि थप सडक जिर्ण र भन्कीदै जाने गरेको छ ।

जिल्लाको गौरबका रुपमा रहेको तम्घास बजारमा आउने जानेले बजारमा रहेको पक्की सडक भत्कीएका ठाउँमा ध्यान नजानुले दुर्गम दुरदराजमा झनै सरोकार वालाको ध्यान कसरी जाला भनेर प्रश्न समेत गर्ने गरेका छन् । तम्घास बजार क्षेत्रमा रहेको पक्की बाटो भत्कीएसँगै सवारी साधानहरुलाई आवत जावत गर्न जोखिम वढनुका साथै बजार क्षेत्रको सुन्दरता समेत हराउँदै जान थालेको छ ।
सडक भत्कीएका ठाउँमा पैदल हिडन समेत समस्या पर्ने गरेको छ । खाल्डा खुल्डी भएको स्थानमा सवारी साधनहरु तर्काएर हिडदा पैदल हिनेहरुलाई पनि जोखिम बढने गरेको हो ।

तम्घास बजार क्षेत्रको मुख्य बजार क्षेत्र उदिन ढुंगा देखि बसपार्क हुँदै भगवती मन्दीर सम्मको सडकमा ठाउँठाउँमा पक्कीबाटो भत्कीनुकासाथै खाल्डा खुल्डी बन्दै गएपछी सडक जिर्ण बन्दै गएको हो । बजारमै साना मोटरसाइकलहरु निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अबस्था रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले बताए ।
उनले बजार क्षेत्र सडक भत्कीएको लामो समय हुँदा समेत ध्यान नदिनु दुखद पक्ष रहेको बताए । सदरमुकाम समेत रहेको बजार क्षेत्र जिल्लाको लागि ऐना जस्तै रहेकाले यस बजार क्षेत्रमा रहेका भत्कीएका पक्की सड्कहरु मर्मतमा सम्बन्धीत पक्षको ध्यान जान जरुरी रहेको बताए ।
बजार क्षेत्रमा रहेको पक्की सड्क,बिद्युत अनियमिता र खानेपानीको समस्याहरुलाई समधान गर्न नगरपालिकालाई ध्यानकर्षण गराएको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रासद पाण्डेयले बताए । नगरपालिलाई बाणिज्य संघ सहित,सुशासन अभियान, नागरिक समाज सहितको टोलीले बजार क्षेत्रमा भत्कीएका पक्की सड्क यथासिघ्र मर्मत आग्रह गरिएको अध्यक्ष पाण्डेयले जानकारी दिए ।

अनियमित बिद्युत हुँदा खानेपानीमा समेत समस्या पर्ने हुँदा नियमित बिद्युत आपुर्तिको लागि पनि नगरलाई ध्यानकषर्ण गराईरहेको अध्यक्ष पाण्डेयको भनाई छ । बजारमै धेरै ठाउँ सडक भत्कीदा स्थानियले धेरै गुनासो गरेको अध्यक्ष पाण्डेयलको भनाई थियो ।

नगरपालिकालाई छिटो मर्मत गर्न भन्दै गएको टोलीलाई नगरप्रमुखले ४० लाख बिनियोजन गरेर ठेक्का गरिएको बताएका थिए । रेसुङ्गा नगरपालिका भित्र पर्ने बजार क्षेत्रमा भत्कीएको सडक बारे नगरपालिकाको ध्यान गएको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।

नगरपालिकाको तर्फबाट तत्कालै काम गर्ने गरि बजेट छुट्टाएइएको छ,नगर प्रमुख भुसालले भने ‘बैशाख अन्तिम साता सम्म काम सम्पन्न गर्ने तयारीमा छौं ।’ तम्घास बजार सुन्दर सफा सहर बनाउनको लागि अरु धेरै कामहरु पनि निरन्तर काम हुँदै जाने क्रममा रहेको नगर प्रमुख भुसालले बताए ।
तम्घास बजार क्षेत्रमा झण्डै २ वर्ष अघिदेखि बजार क्षेत्रमा पक्की सडक भत्कीनेक्रम बढेको छ । बजार क्षेत्रमा कतिपय नयाँ घर बनाउनेहरुले खानेपानीको पाइप खन्ने गर्नाले पनि सडकको अबस्था झनै जिर्ण बन्दै भएको हो ।

Facebook Comments