बुद्ध जयन्तीको अवसरमा मधुमेह परीक्षण

गौतमबुद्ध सन्देश
भैरहवा, १६ वैशाख । बुद्ध जयन्तीको अवसरमा लायन्स क्लब अफ सिद्धार्थनगरले सि.न.पा. वडा नम्बर ८ स्थित जेसिज किण्डर गार्डेन स्कूल हाता भित्र क्लबले ११औं मधुमेह परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सचेतना कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगर लायन्सले थालेको अभियानलाई नगरपालिकाले हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्लबका पूर्व अध्यक्ष एओजी महेश चन्द्र थापाले अन्तर्राष्ट्रिय लायन्सको अभियानलाई सिद्धार्थनगर लायन्सले अगाडी बढाएको बताए ।

सिद्धार्थनगर लायन्सका संस्थापक सदस्य एवं समाजसेवी नारायण प्रसाद अग्रवालले मधुमेहको रोकथामका लागि योग ध्यानको महत्व बारे प्रकाश पारेका थिए । सिद्धार्थनगर सिटि हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले मधुमेह र यसको प्रभाव बारे प्रकाश परेका थिए ।

कार्यक्रममा १ सय १२ जनाको मधुमेह परिक्षण गरेको क्लबले जनाएको छ । यस अघि क्लबले लुम्बिनी, सियारी गाउँपालिका र पडसरीमा मधुमेह सचेतना कार्यक्रम समेत सम्पन्न गरिसकेको अभियानलाई प्राविधिक सहयोग सिद्धार्थनगर सिटी हस्पिटल , मुख्य सहयोग एभरोल,पडसरी र अन्य सहयोग जेसिज स्कूल साथै सि.न.पा. वडा नं. ८ का वडाअध्यक्ष राजन जंग राणाले गरेको क्लबका सह–सचिव चन्द्र थापाले जानकारी दिए ।

 

Facebook Comments