विश्व औलो दिवस मनाउने तयारी

गौतमबुद्ध सन्देश
भैरहवा, ११ वैशाख । “हाम्रो सक्रियता, औलौ निवारणमा सफलता” भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरु गर्दै विश्व औलौ दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप नेपालमा पनि सोही दिन यो दिवस मनाइदैं आइरहेको छ । सन् २०२५ सम्म नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पु¥याउने संकल्पका साथ औलो निवारण कार्यक्रमलाई नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रममा समावेश गरिएको छ ।

दिवस अन्तर्गत बुधवार रुपन्देहीका विभिन्न स्थानिय तहहरुमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व औलो दिवस मनाउन लागेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । दिवसको पूर्व संध्यामा मंगलवार जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देहीमा औलो रोगको अवस्था र औलो रोकथाममा गरिएको प्रयासको बारेमा जानकारी गराएको छ ।कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक केयर सिंह गोदारले रुपन्देहीमा पहिलाको तुलनामा औलो रोगीको संख्यामा कमी आएको बताए । नेपाल सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलो रोग मुक्त बनाउने लक्ष्य लिए अनुसार रुपन्देहीमा पनि काम भइरहेको गोदारले जानकारी दिए ।

रुपन्देहीमा आर्थिक वर्ष २०७१÷२०७२ कूल रक्त नमुना सकंलन १५ हजार ४ सय ३० गरिएकोमा औलो रोग भएका बिरामीको संख्या १ सय ७ रहेको थियो । त्यस्तै आ.व.२०७२÷७३ मा १४ हजार ६ सय ८४ को रक्त परिक्षण गरिएकोमा १ सय ९ जनामा औलो संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका डेगुं रोग विभागका प्रमुख केदार नाथ शाहले बताए । त्यतै चालु आर्थिक वर्ष २०७३÷७४ मा १२ हजार ९ सय ५८ जनामा रक्त परिक्षण गरिएकोमा ६६ जनामा मात्र औलोको संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

हाल नेपालमा वर्षेनी करिब १ हजार जति प्रयोगशालाबाट औलो विरामी पत्ता लाग्ने गरेको छ । औलो निवारणका लागि निःशुल्क निदान तथा उपचार, विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको किटनाशक युक्त झुल निःशुल्क वितरण, घर भित्र विषादी छिड्काउ, जनपरिचालन, जनचेतना अभिवृद्धि, गुणस्तरीय प्रयोगशाला, नौलो निदान गर्ने शिघ्र निदानका सामाग्रीहरु, गुणस्तरीय औषधीहरु, औलो विरामीको खोजपड्ताल, व्यवस्थापन तथा स्थानीय औलो विरामी भेटिएका स्थानहरुमा लामखुट्टेको अध्ययन गर्ने जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालित हुँदै आइरहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *