नेपालको सन्दर्भमा यौनजन्य हिंसा र केही समाधानका उपायहरु

युवराज खनाल
पूर्विय दर्शन, सनातन वैदिक धर्म, उपनिषद, स्मृति ग्रन्धहरुले मातृ शक्तिलाई सम्मान गरेको कुरा वर्णन गरेका छन । आमाको स्थान पृथ्वी भन्दा उच्च छ । त्यस्तै नवदुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वती, लक्ष्मी, राधा, पार्वतीको हिन्दू धर्ममा विशिष्ट स्थान छ ।

अन्य धर्म रित परम्परा र सम्प्रदायमा पनि मातृशक्ति वन्दनीया छन् । हुन त इतिहासमा सामाजिक जनजीवनमा सकारात्मक र नकारात्मक प्रभाव र असर थियो होेला, अहिले पनि छ, भोलि पनि रहने छ तर हामीहरुले असल पक्षको अनुसरण गर्नुपर्दछ । मानौ कि सबै नैतिकवान र कानून मान्ने नै भए सुधार गृह किन चाहिन्थ्यो र ?

हुन त हिंसा भन्नाले शरीर, मन र बोलीबाट गरिने सबै खाले हिंसालाई जनाउँछ । प्रसंग यौनजन्य हिंसाको हो । पुरानो प्रसंग र अहिलेको अवस्थालाई विश्लेषण गर्दा – विकास र प्रगतिको नाममा नयाँ सबै ठिक, पुरानो सबै बेठिक भन्ने विचार प्रवल भएको त छैन ? यौन हिंसा किन बढिरहेको छ ? यसका कारण र रोकथाम गर्ने तर्फ लाग्नुपर्दछ । अन्यथा भुसको आगो झैं भित्रभित्रै फैलिइ सामाजिक सन्तुलन नै विग्रन सक्छ । घरमा आगो लागे पछि कुवा खनेर के काम ? प्रयास भएकै छन तर अझैं प्रभावकारी बनाउनु प¥यो । रोग र औषधी नमिलेको हो कि ? अभिभावक र सरकार सामाजिक संघ संस्था विद्यालय सबै तिरबाट हिंसा रोकथामको प्रयास हुँदा पनि हरेक उमेरका महिला हिंसा पीडित भएका घटना दिनहुँ सुनिन्छ । यस्तो सामाजिक कलङ्क कसरी हटाउन सकिन्छ ? यही नै चिन्तनको विषय हो ।

हुन त यो समस्या हिजो पनि थिए होलान तर यसका कारणहरु पनि हुन सक्छन । जस्तै : अशिक्षा, चेतनाकोे कमी, कानून, सामाजिक मान्यता आदि । वर्तमानमा अन्य प्रभाव पार्र्ने तत्वहरुमा – नयाँ चिन्तन, मान्यता, अधिकार, खुल्ला परिवेश–श्रव्य दृश्य साधन, संगित, पहिरन, साहित्य र सामाजिक रुपान्तरण आदि । वेरोजगारी, आर्थिक अभाव र नैतिक शिक्षाको कमि पनि हुन सक्छ । पीडितलाई उचित क्षतिपूर्ति र पीडकलाई कठोर दण्ड सजायको अभाव पनि हुन सक्छ । जे होस यौनजन्य हिंसा अक्ष्यम्य र लज्जाजनक विषय हो । सामाजिक कलङ्क हो । प्रतिशतमा महिला धेरै पुरुष कम भए पनि दुवै हिंसाको मारमा पर्न थालेका घटनाहरु सुनिन थालेका छन । परन्तु हरेक उमेरका व्यक्तिगत र सामूहिक रुपमा हिंसामा पर्ने क्रम रोकिएको छैन । सुरक्षा चुनौतीको विषय बनेको छ । वस्तत : यो विपरित लिंग प्रति आर्कषण र यौनजन्य क्रियाकलाप जैविक विषय हो, निषेध गर्न सकिन्न, यसमा श्रृष्टिचक्र चलिरहेको छ तर यसो भन्दैमा मानिस भएर पशु वृद्धि भन्दा पनि तल जानु भएन नि ।

यौनजन्य क्रियाकलापलाई समयानुकुल सम्यक व्यवस्थापन र अश्लिल र हिंसात्मक कार्यलाई दण्डित गर्नु पर्दछ । स्वच्छ सामाजिक वातावरण बनाउने काम सरकार र नागरिक हामी सबैको साझा कर्तव्य हो । वर्तमान समयमा व्यक्ति, परिवार र राज्यले बालबालिकाको शिक्षादिक्षामा गरेको लगानीको प्रतिफल सकारात्मक र गुणस्तरीय हुनुपर्दछ । अभिभावक र राष्ट्रले यही अपेक्षा गरेका हुन्छन । भविष्यका नागरिक जस्तो बन्यो देश त्यस्तै बन्ने हो । हिंसा रहित समाज बनाउने दायित्व हामी सबैको हो । सुसंस्कार र नैतिक शिक्षालाई घर परिवार, समुदाय र विद्यालयमा पनि अभिन्न विषय बनाइए हिंसा न्युनिकरणमा सहयोग हुनेछ ।

संवेगात्मक परिपक्वता बनाइ राख्न सात्विक भोजन, इन्द्रिय निग्रह, योगाभ्यास, स्वाध्यायन, मनोरञ्जन र शारीरिक व्यायाम पनि सहयोगी हुन सक्छ । तीतो औषधीले रोग निको पार्छ – त्यसैले हामी खान्छौं । जवानीको बाढीमा कामदेव शक्तिशाली हुने हुँदा – इन्द्रिय निग्रहको अभ्यासले सकारात्मक सहयोग गर्न सक्छ भन्ने मत विद्धानहरुको छ ।

खूला परिवेशमा व्यक्ति आफैले लिन हुने र नहुने ठीक बेठिक कुरा छुट्टयाउनु पर्ने अहिलेको वातावरणमा पढेको जानेको कुरा व्यवहारमा लागु गर्नुपर्ने हुन्छ । हाम्रो दृष्टिकाृणमा परिवर्र्तन हुनुपर्दछ । महिला र पुरुष समाजरुपी रथका अभिन्न भाग हुँदा एक्लो महिला वा पुरुषले मात्र सर्वा¨ीण विकास असम्भव भएकाले वालिका, गृहणी, सामाजिक कार्यकर्ता, नेता कलाकर्मीको रुपमा जिम्मेवारी वहन गर्न अग्रसर हुनु भएका सम्पूर्ण मातृशक्तिलाई आदर र सुरक्षा प्रदान गर्ने काममा अझैं बढी कटिबद्ध भइ सरकार, सञ्चार जगत, बुद्धिजीवि, नागरिक समाज सबै उच्च मनोबलका साथ लाग्न सकौं । सबै खाले हिंसाको अन्त्य होस । नव वर्षको सबैमा शुभकामना ।

 

 

Facebook Comments