मुद्दाहरु प्राथमिकताका आधारमा सुनुवाई हुने : श्र्रेतेदार शर्मा

गौतमबुद्ध सन्देश
कपिलवस्तु, ५ चैत । कपिलवस्तुको महाराजगंज नगरपालिकाको वडा नं. ८ कजराहवामा नागरिकहरुको न्यायलय र प्रहरीसंग पँहुच पु¥याउने उद्देश्यका साथ एक दिने अन्र्तक्रिया कार्याक्रम सम्पन्न भएको छ ।

महिला हिंसाविरुद्धको ३६५ दिने अभियान अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम आर्थिक, सामाजिक रुपबाट पछाडि परेका नागरिकहरुलाई न्यायमा पहुँच प¥याउनको लागि न्यायलय र प्रहरी संगको सम्बन्ध नजिक बनाउनु, देवानी र फौज्दारी मुद्दाहरुको अदालती प्रक्रियाको बारेमा जानकारी गराउनु, कुुनैपनि नागरिक अदालत तथा प्रहरी कार्यलयमा जाँदा उनीहरुले अनुभव गरेका गुनासाहरुको बारेमा छलफल गराउने उद्देश्यले सो कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथी जिल्ला अदालतका श्र्रेतेदार डिल्लीराम शर्मा अर्यालले सर्वोच्च अदालतले तयार गरेको सुझावहरु माथि प्रकाश पार्दै प्रत्येक अदालतहरुमा जन गुनासाहरु सुन्ने छुुट्टै हेल्प डेस्कभएको बताए । अदालतबाट हेरिने मुद्दाहरुलाई प्रथामिकताका आधारमा सुनुवाई हुने बताएका थिए । “थुनुवा, नाबालक, बृद्धा र महिलाहरुको मुद्याहरुलाई मुख्य प्रथामिकताका आधारमा हेर्ने गरिन्छ” उनले भने । “कुनैपनि मद्दा अदालतबाट फैसला मात्र गरेर हुँदैन त्यसको उचीत कार्यन्वयन हुन जरुरी छ । उनले मुख्यतः मुद्दा दर्ता गर्दा हदम्याद, हकदैया र क्षेत्राधिकारको बारेमा सर्बप्रथम पीडितलाई जानकारी हुनुपर्ने कुरा बताए । आर्थिक अवस्था कमजोर भएका व्यक्तिको लागि सरकारको तर्फबाट अदालतमा वैतनी वकिल राखेको साथै अन्य गैर सरकारी संस्थालेपनि निशूल्क कानूनी परामर्श, बहश, पैरवी गर्ने गरेको बताए । उनले अदालतमा आउँदा कुनै कानूनी समस्या भएमा वा कुनै कर्मचारीले मुद्या प्रक्रियामा ढिला सुस्ती गरेमा वा भएमा आफुले सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष योगेन्द्र कुमार केसीले स्थानीय निकायमा पनि न्यायिक समिती भएकोले सामन्य झै झगडाको बारेमा नगरपालिकामा उजुरी दिन सकिने बताए । जिल्ला बारका अध्यक्ष अमित कुमार श्रिबास्तवले न्यायीक समितीले हेर्ने मुद्दाहरुको बारेमा बताएका थिए । उक्त कार्यक्रममा हरदौनाका प्रहरी प्रमुख प्रेम कुमार चौधरीे कुनैपनि लैगिक र घरेलु हिंसा भएमा आफुले सहयोग गर्ने बताए । सो कार्यक्रममा विभिन्न सहभागिले राखेको प्रश्नको जबाफ श्र्रेस्तेदार डिल्ली राम अर्याल र बार अध्यक्ष अमित श्रीबास्तबले दिएका थिए ।

कायृक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तवको अध्यक्षता, न्यायमा पँहुच सञ्जाल सदस्य दिनानाथ चौधरीको सञ्चालनमा भएको कार्यक्रममा इह्किन का जिल्ला संयोजक जियाउन हक मनिहारले स्वागत मन्तब्य भएको थियो । मानव अधिकार सन्चार प्रतिष्ठान (इह्किन) को आयोजना र सञ्जारिका समूह जुरी नेपालको सहकार्यमा भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *