विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा दिप प्रज्जवलन

गौतमबुद्ध सन्देश
भैरहवा, ३० फागुन । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा राजपा विद्यार्थी संगठन रुपन्देहीले भैरहवाको देवकोटा चोकमा दिप प्रज्जवलन गरेको छ ।

विमान दुर्घटनामा परीज्यान गुमाएका नेपाली तथा विदेशीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्जवलन कार्यक्रमको आयोजना गरिएको राजपा विद्यार्थी संगठन रुपन्देहीका संयोजक मोहम्मद अलीले बताए ।

कार्यक्रममा राजपा विद्यार्थी संगठन भैरहवा बहुमुखी क्याम्पस इकाइ कमिटी अध्यक्ष मण्डल सदस्य जैनुद्धिन देवान, अवधेश विश्वकर्मा, उमेश अग्रहरी, रुपन्देही क्याम्पस इकाइ कमिटी संयोजक जावेद आलम, भैरहवा नमुना क्याम्पस इकाइ संयोजक विक्रम लोध लगायत विद्यार्थीहरुको उल्लेखनीय उपस्थिीति रहेको थियो । चन्दन तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments