लुम्बिनीमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

गौतमबुद्ध सन्देश
लुम्बिनी, २४ फागुन । नेपाल क्रस फलो ट्रष्ट लुम्बिनीको आयोजनामा अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा अन्तर्राष्टिय नारी दिवस धूमधाम सँग मनाईएको छ ।

कार्यक्रममा मुस्लिम महिला रुबिना खातुनले लुम्बिनी वरिपरि मधेशी मुस्लिम महिला अझै पछाडी पारिएको हुँदा सरोकारवालाले उनीहरुको अधिकार स्थापित गराउन चासो लिनुपर्ने बताइन ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको मनोनीत बोर्ड सदस्य समेत रहेकी खातुनले महिलाहरुलाई घरमा बसी बच्चा जन्माउने छोरा छोरीहरुको स्याहारसुसारमै मात्र सीमित रहन बाध्य पारिएको खुलासा समेत गरिन ।

कार्यक्रममा दलित महिला फूलकुमारी हरिजनले पुरुषको त कुरै छोडौ गाउँमा महिला महिला बीच विभेद रहेको हुँदा यसलाई अन्तय गर्न राज्य गम्भिर ढंगबाट ठोस कदम चाल्न आवश्यक रहेको बताइन ।

सो अवसरमा क्रस फलो प्रशासक कृष्ण कुमार श्रीवास्तव, फिल्डसुपरभाईजर चर्तुभजी पाठक, समाजसेवी अनारुल मुसलमान, वडा सचिव देवानन्द बरई, क्रस फलो सहजकर्ता सुधा त्रिपाठी लगायतले मन्तव्य व्यक्त गरेका थिए । नारी दिवसको अवसरमा हण्डीफोर गीत, वक्तृत्वकला, तातो आलुका विजयी २३ जना प्रतियोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

 

Facebook Comments