चोरी गर्ने व्यक्ति पक्राउ

रबिन्द्र प्रताप गुप्ता
भैरहवा, २१ फागुन । घरमा कोही नभएको मौका छोपी ढोकाको ताला तोडी सुन चाँदीका गरगहना तथा नगद चोरी गर्ने व्यक्ति पक्राउ परेका छन ।
गत फागुन १५ गते सिद्धार्थनगर नगरपालिका–५ स्थित श्रीचन्द गोयनकाको घरबाट चोरी गर्ने तथा सि.न.पा.–५ स्थित पवन मिष्ठान भण्डारको पछाडीको ढोका फोडी काउण्टरमा राखिएको नगद ७० हजार रुपैंया चोरी गर्ने व्यक्ति पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा सि.न.पा.–२ का ३० वर्षिय जालन्धर कोहार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए । उक्त स्थानहरुमा चोरी भएको भन्ने सुचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान गर्दै जांदा दुवै घटनाहरुमा शंकित व्यक्तिको हुलियाको आधारमा खोजतलास गर्ने क्रममा कोहारलाई पक्राउ गरी उनको घर खान तलासी गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले खानतलासी गर्दा श्रीचन्द गोयनकाको घरमा चोरी भएका सुनका गरगहना १३ तोला ८५ लाल, विभिन्न चाँदीका गरगहनाहरुको १३ तोला ४२ लाल, मोबाइल फोन लगायत अन्य सामानहरु तथा पवन मिष्ठान भण्डारमा चोरी भएको नगद रकम मध्ये ५१ हजार ३८ रुपैंया कहाँरको सुत्ने कोठामा फेला पारेको थियो ।

उक्त सामानहरु सम्बन्धित व्यक्तिहरुबाट सनाखत समेत गराई जालन्धर कोहारलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *