हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गौतमबुद्ध सन्देश
भैरहवा, १५ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीको आयोजनामा फागुन ९ गते देखि सुरु भएको खेल सप्ताह अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा अमरनाथ गुप्ता, सा आलम खान र सुमिका बरालको समुह प्रथम, समिक्षा मगर, सुन्दर के.सी. र सुनिल खनालको समुह द्धितीय र शुशिल राउत, सग्गम क्षेत्री र सुष्मा आचार्यको समुह तृतीय भएको कार्यक्रम संयोजक के.यल. पाण्डेले बताए । प्रतियोगितामा ६ वटा समुहको सहभागिता रहेको पाण्डेले जानकारी दिए ।

अनेरास्ववियु क्याम्पस कमिटीले विद्यार्थी हकहित र विकासका लागि महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्दै आएको र सदाझैं यस वर्ष पनि खेलकुद सप्ताहको आयोजना गरिएको क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरीले बताए । खेलकुद सप्ताह अन्तर्गत स्लो साइकल रेस, स्पुन रेस, म्युजिकल रेस, कविता प्रतियोगिता, क्रिकेट प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता र घैंटो फुटाउने कार्यक्रम रहने ठकुरीले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *