जिल्लास्तरीय सुपर लिग, जवही जितगढी क्रिकेट क्लब विजयी

गौतमबुद्ध सन्देश
भैरहवा, ५ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन बी अन्तर्गतको खेलमा जवही जितगढी क्रिकेट क्लब बुटवलले स्टार क्रिकेट क्लब पड्सरीलाई १ सय ५९ रनले पराजित गरेको छ । जवही जितगढीले डिभिजन ए प्रवेशका लागि अब ८ गते प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवासँग प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर पहिला ब्याटिङ गरेको जवही जितगढीले निर्धारित ४० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । उसका लागि संदीप सुनारले ७६, आकाश थापाले ४६, सुनिल क्षेत्रीले नटआउट ३४ र संगम क्षेत्रीले २६ रनको योगदान दिए । बलिङमा स्टारका शतिष मगरले ३, रुपेश बश्याल र संदीप पाण्डेले समान २÷२ विकेट लिए ।

प्रतिउत्तरमा २ सय ५८ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको स्टारले निर्धारित खेलमा २८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाई जम्मा ९८ रन मात्र जोड्न सक्यो । उसका लागि राजु शाहनीले ३३, शतिष मगरले १८ र हेन्सी क्षेत्रीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो अंक बटुल्न नसक्दा टिमले हार व्यहो¥यो । बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका स्टारका संदीप सुनारले ३ र नितेश थापाले २ विकेट लिए ।

आइतबार शंकरनगर क्रिकेट क्लब शंकरनगर र लुम्बिनी कसाई क्रिकेट क्लब लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबाट विजयी टिम डिभिजन ए मा प्रवेश गर्ने आयोजक संस्थाका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ भने विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गते सम्म चल्नेछ ।

Facebook Comments