उपन्यास “कैली” बारे अन्र्तक्रिया तथा पुस्तक हस्ताक्षर कार्यक्रम

जीवन न्यौपाने
नवलपरासी, २२ माघ । लेखीका जमुना न्यौपानेको उपन्यास “कैली” बारे सोमबार सोमनाथ बाबा क्याम्पस सुनवल नवलपरासीमा शिक्षक र स्नातक तहमा अध्ययनरत विद्यार्थी बीच अन्र्तक्रिया तथा पुस्तक हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

गत महिनाको पौष ७ गते काठमाण्डौंमा एक कार्यक्रमका बीच विमोचन गरिएको उपन्यास “कैली” बुलबुल प्रकाशनद्वारा प्रकाशित गरिएको उपन्यास हो । “कैली” न्यौपानेको पहिलो उपन्यास हो । १७४ पृष्ठको सो उपन्यासको मुल्य २ सय ४० रुपैंया छ ।

महिला प्रधान सो उपन्यासमा समाजमा महिलाले भोग्नुपरेका पीडा र समाजबाट उनीहरूप्रति हुने व्यवहार बारे चर्चा गरिएको छ । उपन्यास ग्रामीण क्षेत्रबाट विद्यालय तहको पढाई सकेर राजधानी आएकी किशोरीको प्रेम कथामा आधारित छ । त्यस्तै उपन्यासमा गाउँकी किशोरी शहरमा आएपछि धनाढ्य युवासँगको आकर्षणलगायत विषयलाई उठाइएको छ । उपन्यासले विदेशमा नेपाली महिलाहरूले भोग्ने समस्यालाई उजागर गर्दै सोही कथालाई न्यायदिन खाजेको कार्यक्रममा न्यौपानेले बताइन् । युवा पाठकलाई लक्षित गरी लेखिएको सो उपन्यासमा शब्दमार्फत समाजको उत्कृष्ट चित्रण गर्ने प्रयास गरिएको छ ।
सञ्चारकर्मी जीवन न्यौपानेले संयोजन तथा सञ्चालन गरेको सो कार्यक्रममा विधार्थीको उल्लासपूर्ण सहभागीता थियो ।

त्यस्तै मंगलवार पनि सुनवलकै महाकबि देवकोटा क्याम्पसमा पनि न्यौपानेको उपन्यास “कैली” बारे शिक्षक र स्नातक तहमा अध्ययनरत विद्यार्थी बीच अन्र्तक्रिया तथा पुस्तक हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *