जगदम्बा अटोको ग्राहक भेटघाट

गौतमबुद्ध सन्देश
भैरहवा, १७ माघ । टिभिएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा अटो गु्रप प्रा.लि. भैरहवाले नयाँ टिभिएस स्ट्राइकर मोटरसाइकलका ग्राहकहरु संग भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

गत भदौ महिनामा कम्पनीले लञ्च गरेको १२५ सिसीको उक्त मोटरसाइकल प्रयोग गर्दै आएका ग्राहकसंग सुधार गर्नुपर्ने कुरा, सर्भिस सेवा लगायतका बारेमा प्रतिक्रिया लिने उद्धेश्यले कार्यक्रम राखिएको भैरहवा शोरुमका प्रमुख अशोक गौतमले बताए ।

कार्यक्रममा बोल्दै गौतमले अन्य कम्पनीको मोटरसाइकल भन्दा टिभिएस कम्पनीको मोटरसाइकल सस्तो र मजबुत भएकोले ढुक्कका साथ प्रयोग गर्न आग्रह गरे । उनले मोटरसाइकलमा समस्या आउना साथ ग्राहकलाई अन द स्पट सर्भिसिङ सेवा उपलब्ध गराउने जानकारी दिए । ग्राहकहरुले फ्रि सर्भिसिङको लागि मोटरसाइकल म्यानुअल शोरुममा लिएर नेपालभरी कम्पनीको जुनसुकै शोरुममा सर्भिसिङ गराउन सकिने उनको भनाइ थियो ।

हाल सम्म भैरहवा शोरुमबाट २२ र बुटवल शोरुमबाट ४३ वटा टिभिएस स्ट्राइकर मोटरसाइकल विक्री भइसकेको बुटवल शोरुमका प्रमुख सुन्दर अर्यालले बताए । मोटरसाइकलमा स्टाइलिस टैंक आकार, ट्युब लेस टायर, फुल्ली डिजिटल स्पिडोमिटर र एल ई डि टेल ल्याम्प जस्ता विशेषता रहेको अर्यालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मोटरसाइकलका प्रयोगकर्ता सिद्धार्थनगरका गंगा बहादुर सुनारले टिभिएस स्ट्राइकर मोटरसाइकलको माइलेज धेरै राम्रो रहेको र आफुले १२ सय किलोमिटर गुडाउँदा पनि इञ्जिन नतातेको बताए ।

त्यस्तै अर्का ग्राहक ओमसतिया गाउँपालिकाका पिताम्बर यादवले आफुले ३–४ वटा कम्पनीको मोटरसाइकल प्रयोग गरे पनि टिभिएस जस्तो माइलेज अन्य कम्पनीको मोटरसाइकलमा नभएको बताए ।

Facebook Comments