मृगौला पीडित नाबालकको उपचार खर्च जुटाउन समस्या

गौतमबुद्ध सन्देश
लुम्बिनी, १७ माघ । गास, बास, स्वास्थ्य र शिक्षालाई राज्यले मौलिक हकको रुपमा व्याख्या गरिरहेको बेला रुपन्देहीमा एक मृगौला पीडित नाबालकलाई उपचार खर्च जुटाउन समस्या भएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ निवासी अब्दुल मोईदको डेढ वर्षिय छोरा सादिक मुसलमानको देब्रे मृगौला काम गर्न छोडेको युनिभर्सल मेडिकल कलेज भैरहवाले प्रमाणित गरेपछि आर्थिक आभावमा निज नाबालकलाई उपचार खर्च जुटाउन समस्या भएको हो ।

गरीबीका कारण नाती सादिकको मृगौला प्रत्यारोपण गराउन नसक्दा बाध्य भई घर फर्काउनु परेको मृगौला पीडितका हजुरबुवा अब्दुलसलाम मुसलमानले बताए । उनले पैसाकै कारण दुधे बालक सादिकको मृगौला प्रत्यारोपण हुन नसक्दा रित्तो घर फर्काए पछि स्वास्थ्य उपचार बाट भएको बखत सहयोगका लागि राज्य तथा सरोकारवालासंग आग्रह समेत गरेका छन ।

मृगौला पीडित बालकलाई आफनो संस्थाको सहयोगमा मेडिकल कलेज भैरहवामा अल्ट्रासाउण्ड गराउँदा दाँया मृगौला खराब भएको थाहा पाइ पैसा नहुँदा सरकारी तथा गैरसरकारी संघ–सस्थासंग मानवीय सहयोग गर्नुपर्ने ह्युमन वेलफेयर सामाजिक संस्थाका अध्यक्ष साहिद मुसलमानको भनाई छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित स्वास्थ्य विभाग प्रमुख बुधनाथ वरईले वडा कार्यालयको सिफारिस मेडिकल रिर्पोटको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत निःशुल्क डाईनोशिस र एक लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउनुका साथै नेपाल सरकार द्वारा मान्यता प्राप्त स्वास्थ्य संस्था मार्फत मृगौला प्रत्यारोपण हुने जानकारी दिए ।

यद्यपी निज मृगौला पीडित बालकको सिफारिसका लागि आफू सम्बन्धित निकायमा गर्न तयार रहेको लुसांनपा वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद मुसलमानको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *