मर्चवारको मुहार फेर्छु : प्रदेशसभा सदस्य ठठेर

गौतमबुद्ध सन्देश
मर्चवार, ११ माघ । ने.क.पा. एमालेबाट रुपन्देही निर्वाचन क्षेत्र नं. ४ बाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी सुनिता ठठेरले आफनो कार्यकाल भित्र मर्चवारको मुहार फेर्ने बताएकी छन ।

एमाले निकट अखिल नेपाल महिला संघ क्षेत्र नं. ४ क्षेत्रिय कार्यसमितिद्वारा मझगाँवामा आयोजित स्वागत तथा सम्मान समारोहलाई सम्बोद्धन गर्दै ठठेरले सुगम जिल्ला रुपन्देहीको राज्यद्वारा पछाडी पारिएको दुर्गम क्षेत्र मर्चवारबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने बामगठबन्धनले आफू जस्तो झुपडीकी मधेशी महिलालाई अवसर दिए पछि पाँच वर्ष भित्र शिक्षा, स्वास्थ्य सडक यातायात लगायत पूर्वाधारहरु विकास निर्माण गरि अन्य क्षेत्रको हाराहारीमा पुरयाउने दाबी गरिन ।

प्रदेशसभा सदस्य ठठेरले हाल सम्म मर्चवारको राजनीति जमिनदार तथा पूंजीपतिहरुको हातमा रहेको कारण मर्चवार उपेच्छित रहेको हुँदा अब आफूले नेतृत्व पाए पछि मर्चवारको राजनीति मजदूर, किसान र गरीबहरुले उल्टाइ दिएको बताइन ।

कार्यक्रममा एमाले ५ नं. प्रदेश संगठन सदस्य बाबूलाल यादवले वि.सं. २०११ सालमा रुपन्देहीको मर्चवार पहिलो पटक ११ सदस्सीय कम्युनिष्ट पार्टी स्थापना भई संस्थापक नेता स्व. सत्यदेवमणि त्रिपाठी शहादतको बलिदानीको फलस्वरुप बामगठबन्धनले मर्चवारलाई बदल्न झुपडीमा बस्ने मधेशी महिला ठठेरलाई समानुपातिक प्रदेशसभा सदस्यको जिम्मेवारी दिएर गरीबको पक्षमा काम गर्ने प्रमाणित गरेको बताए ।

सो अवसरमा ने.क.पा. एमाले रुपन्देहीका कार्यवाहक अध्यक्ष पुरुषोत्तम घिमिरे, पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारी, सम्मरीमाई गाँउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु शुक्ला), एमाले नेतृ बिन्दा गौड, एमाले जिल्ला सदस्य पम्फावती खनाल, विन्ध्याचल यादव, अधिवक्ता शेष नारायण भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यस अघि प्रदेशसभा सदस्य ठठेर सहितको ¥याली मर्चवारको पर्सहवा, थुम्हवा पिपरहवा, करौता, रायपुर, असुरैना लगायतका स्थानमा पुगी घरदैलो तथा भेटघाट कार्यक्रम समेत गरिएको पत्रकार विरेन्द्र मिश्राले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *