भन्सार दिवसमा वृद्धाश्रमलाई सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, ११ माघ । ६६औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरले बसन्तपुर स्थित श्री सत्य साई वृद्धाआश्रमको भवन निर्माणको लागि नगद ५१ हजार १ हजार १ सय ११ रुपैंया तथा ५ वटा सिलिङ पंखा सहयोग गरेको छ ।

नेपाल भन्सार एजेण्ट संघ रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा वृद्धाआश्रममा रहेका २३ जना वृद्धवृद्धाहरुलाई खादा तथा नगदले सम्मान गरिएको नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए । उक्त अवसरमा संघका महासचिव मधु प्रसाद पन्थीले नगद ५ हजार १ सय रुपैंया सहयोग गरेका थिए ।

संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यको प्रमुख आतिथ्यता, नेपाल भन्सार एजेण्ट महासंघका केन्द्रीय अध्यक्ष डा.शान्त कुमार शर्माको विशिष्ट आतिथ्यता, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका निवर्तमान अध्यक्ष विष्णु प्रसाद शर्मा तथा सशस्त्र बल राजश्व गस्ती कार्यालय डण्डाका सशस्त्र प्रहरी नायब निरीक्षक डिएसपी श्रीराम कुंवरको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै भैरहवा भन्सार कार्यालयले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ६६औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आर्थिक विकासको लागि सुरक्षित व्यवसायिक वातावरण विषयक वकतृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । माध्यमिक विद्यालय स्तरीय भएको प्रतियोगितामा रुपन्देहीका १२ विद्यालयका विद्याथीहरुको सहभागिता रहेको थियो । भन्सार कार्यालयमा भएको कार्यक्रममा सरोकारवाला निकायका, भन्सार कार्यालयका अधिकृतहरु, भन्सार एजेण्ट संघका पदाधिकारीहरु, भन्सार एजेण्टहरु, विद्यालयका प्रतियोगी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

भन्सार एजेण्ट महासंघका केन्द्रिय अध्यक्ष डा.शान्त कुमार शर्मा, भन्सार प्रमुख भुपालराज शाक्य, आन्तरिक राजश्व कार्यालयका प्रमुखका सहितको ३ सदस्यीय निर्णयक मण्डलका अनुसार एभरेष्ट विद्यालयमा कक्षा १२ मा अध्ययनरत रचना भुसाल प्रथम, पामिरमा कक्षा ८ मा अध्ययनरत प्रतिक्षा खनाल द्वितीय र क्याननमा कक्षा ९ मा अध्ययनरत मा विमा जयन्ती ढकाल तृतीय भएकी छन । विजेता विद्यार्थीहरुलाई शुक्रबार (आज) ६६ औँ अन्तराष्ट्रिय भन्सार दिवसको औपचारिक कार्यक्रममा पुरस्कृत गरिनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *