लायन्स सेन्टीनियलको अध्यक्षमा ओम जैसी

गौतमबुद्ध सन्देश
भैरहवा, १० माघ । लायन्स क्लव अफ सिद्धार्थनगर सेन्टीनियलको अध्यक्षमा ओम जैसी सर्वसम्मत रुपमा चयन भएका छन् ।
भैरहवाका उद्योगी व्यावसायी, समाजसेवी, शिक्षक, डाक्टर लगायत विभिन्न पेशामा आबद्ध रहेका व्यक्तिहरुको समुहको भेलाले यस क्षेत्रका व्यावसायी, साहित्यकार र शैक्षिक क्षेत्रका अभियन्ताका रुपमा चिर परिचित ओम जैसीलाई संस्थापक अध्यक्षमा चयन गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै लायन्सका पूर्व डिष्ट्रिक गर्भनर एमजेएफ अरुण प्रताप राणाले लायन्सको प्रमुख लक्ष्य भनेको समाज सेवा नै रहेको बताएका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ सिद्धार्थनगरका पूर्व अध्यक्षद्धय नन्दलाल गोयन्का, नारायण प्रसाद अग्रवालले कार्यक्रमको अर्गनाइजर गरेका थिए । त्यस्तै गाइड लाइनरको रुपमा डिस्ट्रीक जोन चेयर पर्सन बिनोद खरेल, लायन्स क्लव अफ सिद्धार्थनगरका भु.पु अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले गरेको डिस्ट्रीक जोन चेयर पर्सन बिनोद खरेलले जानकारी गराएका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्माले क्लवको सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै क्लवको सो भेलाले भैरहवामा प्रसुती गृहको समस्या रहेको हुनाले प्रसुती गृह सम्बन्धमा पहिले काम गर्ने उद्धेश्य समेत लिएको छ ।

हरेक तीन तीन महिनामा क्याबिनेट बैठक लायन्स क्लव ३२५ बि टु को हुने गर्दछ सोही अनुरुप यो पटकको बैठक यहि शनिबार चितवनको सौराहामा हुन थालेको हुनाले सो कार्यक्रममा लायन्स क्लव अफ सिद्धार्थनगर सेन्टीनियलको उद्घाटन गरिने लायन्स सेन्टीनियल क्लवका संस्थापक तथा कार्यक्रम संयोजक दिपक कौशलले जानकारी गराएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *