लुम्बिनी राउण्ड टेबलद्धारा विद्यालयलाई एक लाख प्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, ८ माघ । बसन्त पञ्चमीको अवसर पारेर लुम्बिनी राउण्ड टेबल १६ ले सिद्धार्थनगर नगरपालिका–६ मा अवस्थित पशुपति शिक्षा मन्दिरलाई १ लाख रुपैंया सहयोग गरेको छ । विद्यार्थीमा रहेको अन्तरनीहित क्षमतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ विभिन्न छात्रवृत्तिको लागी सो रकम सहयोग गरिएको कार्यक्रम संयोजक सौरभ अग्रवालले बताए । सो अवसरमा विद्यार्थीहरुलाई कापी र पेन्सील समेत वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.पवन कुमार गर्गले आजका विद्यार्थी भोलीका कर्णधार भएको हुनाले विद्यार्थीहरुको भविश्यलाई अभिभावकले समयमा ख्याल गर्नुपर्ने बताएका थिए । कार्यक्रममा राष्ट्रियसेविका नेपालका अध्यक्ष उषा किरण गुरुङले आमाको महत्व र सरस्वती भजन तथा प्रसाद वितरण गरेकी थिइन् ।

लुम्बिनी राउण्ड टेबलका अध्यक्ष मनिष गर्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक अवधेश मिश्र, संस्थाका उपाध्यक्ष रोहित अग्रवाल, प्रोजेक्ट कन्भेनर अभिषेक बेरीवाल, सन्दिप अग्रवाल, अभिरत अग्रवाल, अभिषेक अग्रवाल, अर्पित अग्रवाल, मोहित अग्रवाल, विनोद अग्रवाल लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा १२ जनालाई छात्रवृति, ८ जनालाई किताव, ड्रेस, कापी र ४ जनालाई पुर्ण छात्रवृति प्रदान गरिएको विद्यालयका शिक्षक सुनिल धवलले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *