जेष्ठ नागरिकलाई कम्बल वितरण

गौतमबुद्ध सन्देश
भैरहवा, २९ पुस । रोहिणी गाउँपालिका वडा नम्बर २ को कार्यालयले वडामा रहेका जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ । एक कार्यक्रमका बीच रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव, प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराई लगायतको सहभागितामा कम्बल वितरण गरिएको हो ।

तराईमा जाडो बढ्दै गएको र जेष्ठ नागरिकलाई चिसोबाट थोरै भए पनि राहत दिन कम्बल वितरण गरिएको वडा अध्यक्ष सरोज कुमार पाण्डेले बताए । वडा कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत लक्षित तर्फको बिनियोजित बजेटबाट वडामा रहेका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको हो ।

रोहिणी गाउँपालिकामा विकास निर्माणको कामको साथै सामाजिक विकासमा पनि उत्तिकै ध्यान दिइने गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले प्रतिवद्धता जनाए । उनले जेष्ठ नागरिकहरुलाई कम्बल वितरण मात्र नभई उनीहरुको स्वास्थ्य र औषधी उपचारमा पनि उत्तिकै ध्यान दिने बताए ।

समय समयमा जेष्ठ नागरिक लक्षित विभिन्न स्वास्थ्य शिविरहरु आयोजना गरी जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको स्वास्थ्यको बारेमा गाउँपालिका गम्भिरतापूर्वक लाग्ने उनले बताए ।

यसै गरि सोही कार्यक्रममा समाजमा निःस्वार्थ रुपले सहयोग पु¥याउने महिला स्वास्थ्यसेविका, विभिन्न विद्यालयका शिक्षकशिक्षिका तथा वडामा कार्यरत विभिन्न कार्यालयका कर्मचारीहरुलाई पनि सम्मान गरिएको वडा सचिव राम शब्द यादवले बताए ।

वडा अध्यक्ष सरोज कुमार पाण्डेको अध्यक्षता तथा रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराई, वडा नम्बर १ का वडा अध्यक्ष आविद अलि, ३ का बिर बहादुर क्षेत्री, ५ का घनश्याम सिंह, ६ का इन्द्रमान चौधरी, समाजसेवी ब्रजेश कुमार पाण्डेले कार्यक्रम बारे बोल्दै यस्ता कार्यक्रमले जेष्ठ नागरिकलाई सम्मान मात्र नभई भावी पुस्तालाई सिकाइ पनि भएको बताए । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक राधेश्याम विश्वकर्माले गरेका थिए ।

Facebook Comments