वृद्ध आश्रमलाई पोष्टोलिकको सहयोग

गौतमबुद्ध सन्देश
बुटवल, २8 पुस ।
समाजिकमा सञ्जालमा सक्रिय युवाहरुको गु्रप ‘पोष्टोलिक गु्रप’ बुटवलको आयोजनामा नवलपरासी जिल्लाको सुनवल १३ बडेरा सागरपोखरीमा रहेको पवित्र वृद्ध आश्रम मा खाद्यान्न तथा अन्य जिन्सी सहयोग गरेका छन् । विहिवार आश्रम परिषरमा एक कार्यक्रमको आयोजना गरी संस्थाकालाई खाद्यान्न तथा जिन्सी प्रदान गरिएको हो । गु्रपकी संयोजक तुलसी बस्यालको अध्यक्षता तथा आश्रममा अध्यक्ष बलराम भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ६ हजार बराबरको सामान खाद्यान्न तथा जिन्सी सामान प्रदान गरिएको हो ।
सामाजिक सञ्जालमा गरिएको पोष्टको आधारमा जम्मा भएको रकमबाट उक्त सहयोगगरिएको संयोजक बस्याल ले जानकारी दिई । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भण्डारीले आगामी दिनमा पनि यस्तै कृतिको सहयोगको अपेक्षा गरेको जानकारी दिए । विगतका दिनहरुमा मुष्ठीदानबाट समेत आश्रम सञ्चालन हुदै आएको जानकारी दिदै विभिन्न दाताहरुको सहयोगबाट नै आश्रम सञ्चालनमा आएको बताएका थिए ।
गु्रपले विगतका दिनमहरुमा सिद्धबाबा आश्रममा बृद्ध वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको थियो । सहयोगमा ग्यासँको सिलिन्डर, चिनी, चिया, विस्कुट, साबुन, दाल, फुरनदाना लगायतका खाद्यान्न सहयो गरिएको हो । अमृत ापाण्डेको सञ्चालन रहेको कार्यक्रममा बुटवल टुडेका बरिष्ठ संवाददाता कृष्ण खनाल, ग्रुपका राजु पाण्डे, दिपा बस्याल, श्रीराम भट्राई, सृजना राना, मिना राना, प्रकाश न्यौपाने, प्रदिप न्यौपाने लगायतले मन्तव्य राखे थिए । आश्रममा हाल ८ जना वृद्ध वृद्धाहरु आश्रीत रहेका छन् ।

Facebook Comments