ज्योती इन्स्योरेन्सको शाखा भैरहवामा

गौतमबुद्ध सन्देश
भैरहवा, पौष २४ । ज्योती इन्स्योरेन्स कम्पनीले आफ्नो ३२ औ शाखाको रुपमा भैरहवामा उप–शाखाको शुभारम्भ गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच इन्स्योरेन्सका एजेन्सी प्रमुख तथा प्रमुख अतिथी फर्सुराम मरासीनीले उद्घाटन गरेका थिए । जिवन विमालाई विस्तृत र सवै जनतासम्म पु¥याउने उदेश्य राखेको बताउदै प्रमुख अतिथी मरासीनिले ११ वटा गम्भीर रोगहरुको लागि उपचार विमाको व्यवस्था, बालबालीकाको उच्च शिक्षाको लागि विशेष सुविधा समेत व्यवस्था गरेको बताए । उनले इन्स्योरेन्सको हाल ३२ वटा शाखा रहेको बताउदै थप १४ वटा शाखा शुभारम्भ गरीने समेत बताए ।
कार्यक्रममा क्षेत्रीय प्रबन्धक चरण तिमील्सीनाको स्वागत तथा भैरहवा उप–शाखा प्रमुख लक्ष्मी थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments