आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउने प्रयास गर्नेछु

दिनेश अग्रवाल 
अध्यक्ष
रोट्र¥याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर

विगत ६ वर्ष लेखि सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोट्र¥याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरमा आबद्ध २७ वर्षिय दिनेश अग्रवाल हाल क्लबमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन । उनै युवा सामाजिक व्यक्तित्व अग्रवालसंग गौतमबुद्ध सन्देश दैनिकका रबिन्द्र प्रताप गुप्ताले गरेको कुराकानीको सम्पादित अंश :

१. रोट्र¥याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरको अध्यक्ष हुँदाको अनुभुति बताइदिनुहोस न ।
रोट्र¥याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरमा आबद्ध भएको ६ वर्ष पछि वर्ष २०१७÷१८ मा अध्यक्षको जिम्मेवारी पाएको छु । म क्लबमा आबद्ध भए पछि धेरै कार्यक्रमहरुमा सहभागी भए । कार्यक्रममा सहभागी भएर सिक्दै र काम गर्दै जाँदा अहिले अध्यक्षको पद सम्हाल्दा निकै नै सजिलो भएको छ । खुशीको अनुभुति भइरहेको छ । म आफ्नो बुद्धि–विवेक प्रयोग गरेर आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउने प्रयास गर्नेछु ।

२. तपाई यस क्लबको अध्यक्ष भए पश्चात के कस्ता कार्यक्रमहरु गर्नुभयो ?
म यस क्लबको अध्यक्ष भए पछि विभिन्न स्थानमा ठूला ठूला कार्यक्रमहरु भएका छन । हाल सम्म २२ वटा कार्यक्रमहरु सम्पन्न भइसकेका छन । जसमध्ये विश्व पोलियो उन्मुलन दिवसमा वृहत जनचेतना ¥याली, भैरहवाको देवकोटा चोक नजिकै रहेको प्रतिक्षालयमा पोलियो उन्मुलन सम्बन्धि जनचेतामुलक बोर्ड राख्ने काम गरिएको छ । त्यस बाहेक कर्पोरेट फुटबल टुर्नामेण्ट, वृक्षारोपण कार्यक्रम, बाढीपीडितलाई राहत, जाडोयाममा न्यानो कपडा वितरण लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं ।

३. पछिल्लो समयमा क्लब स्थापनाको होडबाजी चल्यो, संघ–संस्थाहरु च्याउ उम्रेझैं उम्रन थाले, यस्ता संस्थाले केही गर्न सक्दैनन भन्ने आरोप छ नि ? यसमा यहाँले के भन्न चाहनुहुन्छ ?
यस कुरामा मैले के मात्र भन्न चाहे भने जति वटा क्लब र संघ–संस्थाहरुको स्थापना हुन्छ त्यति नै समाजमा काम गर्ने हातहरु बढ्छन । आफ्नो दैनिक कामबाट केही समय निकालेर कसैले समाजको लागि काम गर्छ भने त्यो ठूलो काम हो । मैले आफ्नो उदाहरण दिन चाहन्छु ः रोट्र¥याक्ट क्लबमा आबद्ध भइसकेपछि मलाई आत्मा देखि नै दुःखमा रहेका समुदायलाई सहयोग गर्न मन लाग्छ । संघ–संस्थामा आबद्ध भइसकेपछि सहयोगी हातहरु आफै बढ्छन ।

४.यहाँ व्यवसायमा पनि आबद्ध हुनुहुन्छ ? सामाजिक कार्यको लागि समयको व्यवस्थापन कसरी गर्नुभएको छ ?
एकदम राम्रो प्रश्न गर्नुभयो । मान्छे संघ–संस्थामा लागि सकेपछि समयको व्यवस्थापन आफै हुँदो रहेछ भन्ने मैले अनुभव गरेको छु । व्यवसायको समय बाहेक हामीसंग प्रशस्त समय हुन्छ । तसर्थ समयको व्यवस्थापन गर्न हाल सम्म मलाई समस्या परेको छैन । हाम्रो क्लबको बारेमा कुरा गर्दा कुनै कार्यक्रमको आयोजना गर्दा ५–६ जनाको समुह बन्छ अनि काम विभाजन गरेर गर्छौ । हामीले प्रत्येक कार्यक्रममा संयोजक तोकेर कार्यक्रम सम्पन्न गर्छौं ।

५.रोट्र¥याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका भविष्य र चुनौतीहरु के के हुन ?
पछिल्लो ५ वर्षमा भैरहवामा रोट्र¥याक्ट क्लबमध्ये हाम्रो क्लब मात्र थियो । तर वर्ष २०१७÷१८ मा दुई वटा नयाँ रोट्रयाक्ट क्लब स्थापना भइसकेको छ । तर यसमा के भन्न चाहन्छु भने नयाँ क्लब खुल्दैमा पुरानो क्लबलाई समस्या हुँदैन । बरु स्वच्छ प्रतिष्पर्धा गरेर सामाजिक कार्यहरु गर्ने क्षमताको अभिवृद्धि हुन्छ । त्यस बाहेक भैरहवाका युवायुवतीहरुले सामाजिक संस्थामा आबद्ध हुनुको फाइदा बुझन सकेका छैनन । त्यसैले क्लबमा नयाँ सदस्यहरुलाई आबद्ध गराउन केही चुनौतीपूर्ण छ ।

६. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा के भन्न चाहन्छु भने हामी जस्ता युवाहरु संघ–संस्थामा सक्रिय भएर आफु भन्दा कम भाग्यमानी व्यक्तिहरुलाई सहयोग गर्नुपर्छ । युवाहरु नै परिवर्तनका संवाहक हुन । हामीले नै देश र समाजको लागि नगरे कसले गर्ने ? देशको भविष्यमा हाम्रै हातमा छ । साथै मेरा केही विचार राख्ने मौका दिनुभएकोमा लोकप्रिय सञ्चार माध्यम गौतमबुद्ध सन्देश दैनिकलाई धन्यवाद दिन चाहन्छु ।

Facebook Comments