उत्कृट सहकारीद्धारा मृतकका परिवारलाई सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, २० पुस । उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लि.सि.न.पा–८ ले मृतकका परिवारलाई सहयोग गरेको छ । सहकारीले आफ्ना दुई जना शेयर सदस्यद्धय भुवन पौडेल र पुजा कुंवरलाई नगद ५ हजार रुपैया सहयोग गरेको हो ।

पौडेलका बुवा लोकराज पौडेलको सडक दुर्घटनाका कारण र कुंवरकी श्रीमान हरि कुंवरको हृदयघात भइ केही दिन अगाडी निधन भएको थियो । मृतकका परिवारलाई थोरै भए पनि राहत होस भन्ने उद्धेश्यले सहयोग गरिएको सहकारीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

साथै उत्कष्ट बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन यही पुस २२ गते शनिबार हुने भएको छ । साधारणसभा तथा अधिवेशनमा वार्षिक प्रतिवेदन तथा आगामी वर्षका नीति तथा कार्यक्रम, लेखा परीक्षकको नियुक्ति लगायतका विषयमा छलफल गरी पारित गरिने संस्थाले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *