अनेसास लुम्बिनीबाट साहित्यकार भट्टराई सम्मानित

गौतमबुद्ध सन्देश
भैरहवा, १६ पुस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लुम्बिनी समितिको आयोजनामा कवि भूपी शेरचनको सम्झनामा साहित्यकार बालकृष्ण भट्टराई सम्मानित भएका छन् ।

साहित्यकार गङ्गा लिगले स्थापना गरेको “गङ्गाजनक पुरस्कार २०७४” बाट साहित्यकार बालकृष्ण भट्टराईलाई भव्य एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.कपिलदेव लामिछानेले दोसल्ला र नगद सहित सम्मानपत्र समर्पण गरेका थिए ।

कार्यक्रममा सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले भूपी शेरचनको जीवनी ,व्यक्तित्व र कृतित्व बारे प्रकाश पारेका थिए भने सम्मानित स्रष्टा बालकृष्ण भट्टराईको जीवनी, व्यक्तित्व र कृतित्व बारे देवी प्रसाद न्यौपाने “धीर”ले प्रकाश पारेका थिए । ८२ औं भुपि जयन्तीका अवसरमा साहित्यिक पुरस्कार तथा सिसासको १६९ औं मासिक संगममा रचना वाचन कार्यक्रम समेत गरीएको थियो ।

संस्थाका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरू प्राज्ञ बूँद राना, विजय सागर, भविश्वर पंगेनी, वनमाली निराकार, मन गहिरे, कविता देवकोटा रिजाल, तुलसीराम ढकाल, युवराज खनाल, डिबि पुन, कमल पोख्रेल, सीता काफ्ले, लता प्रधान, राधा ज्ञवाली, साबित्री घिमिरे, राधा ढकाल, पुनहरि बेल्बासे, प्रकाश चन्द्र लगायत दर्जनौं स्रष्टाहरुले रचना वाचन सहित सम्मानित स्रष्टालाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सिर्जनशील साहित्यिक समाज सिसासका अध्यक्ष सुवास रिजालको स्वागत मन्तव्य र दीपक प्रधानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments