अन्तर्राष्ट्रिय करातें तथा किकबक्सिङ्ग दिल्लीमा सुरु, नेपालका २१ खेलाडी सहभागि

गौतमबुद्ध सन्देश
नयाँ दिल्ली, १४ पुष । भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार देखि तेस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगितामा नेपालको तर्फबाट जापान गोजुरीयो कराते डो मिशन संघका २१ खेलाडी सहभागी छन् ।

प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खेलाडीहरुमा १२ वर्ष उमेर समुहमा २५ केजी तर्फ शाहिल गुरुंग प्रियंका थापा (४० केजी), प्रशान्त थापा (३० केजी) र प्रसुन शाही (३५ केजी) रहेका छन् ।

यसैगरी १४ वर्ष उमेर तर्फको समुहमा बिपिन गुरुंग (३५ केजी ),कृतिमा गौतम (४० केजी ), रिजन पाण्डे ( ४० केजी ), शिवम बस्नेत ( ५० केजी ) र एलिसा घिमिरे (४० केजी) रहेका छन् । यसै गरी १७ वर्ष उमेर समुहमा प्रतिष्पर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी), सुमन परियार (६० केजी), कनिश्क राना (५५ केजी), सिबानी बस्नेत (४५ केजी), विपना जिएम (५५केजी) र सुष्मा पाण्डे (५० केजी ) छन् ।

त्यस्तै १९ बर्ष मुनि ७० केजी तौल समुहमा मेख बहादुर घर्ती मगर छन् । सिनीयर तर्फ खुल्ला उमेर समुहमा राजकुमार हरिजन(४५ केजी), विपिन राना (५० केजी), सन्तु चौधरी (५५केजी) र सञ्जय चौधरी (७० केजी) रहेका छन् । नेपाली खेलाडीहरुले एकल काता, पुमिते, टिम काता, टिम कुमिते तथा किक बक्सिंग प्रतिष्पर्धा गर्ने मुख्य प्रशिक्षक तथा जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका अध्यक्ष केबिराना (काजी) ले बताए । नेपाली खेलाडीको खेल शुक्रबार र शनिबार हुनेछ ।

नेपाली खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षण शिविरमा तालिम दिइएको र विगतका प्रतियोगिताहरुमा पनि भारतमा उत्कृष्ट नतिजा ल्याएका अनुभवी खेलाडी टीममा रहेकाले प्रतियोगितामा राम्रो नतिजा ल्याउने टिम व्यवस्थापक एवं जापान गोजुरीयो कराते डो मिशन संघका सचिव गिरी प्रसाद पुनले बताए ।

दिल्लीको मौसम अहिले राम्रो रहेको त्यति बढी चिसो नभएको र नेपाली खेलाडीहरुको शारिरीक स्वस्थ अबस्था राम्रो रहेकोले राम्रो प्रदर्शन सहित सफलता पाउने टिम संयोजक एबं संयोजक एबं जापान गोजुरीयो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगरले बताए ।

मार्शल आर्टस स्कुल एशोसियसन अफ इन्डियाको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन उदघाटन समारोह भएको छ । दिल्ली क्षेत्रका लोकसभा सदस्य तथा भारतीय जनता पार्टीका नेता मनोज तिवारीले उद्घाटन गरे ।

पहिलो दिननै भारतीय खेलाडीहरु बीच राष्ट्रिय छनौट प्रतियोगिता भएको छ । छनौटका बिजेता भारतिय खेलाडी हरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने आयोजक सस्था तथा नेशनल कराते फेडरेशन अफ ईन्डियाका संस्थापक एबं महासचिब राजु थापाले बताए । भव्य सास्कृतिक कार्यक्रम सहित भएको उदघाटन सत्रमा आयोजकले नेपालको राष्ट्रिय झण्डा सहित प्रतियोगितामा सहभागी मुलुकहरुको झण्डा फहराएका थिए ।

दिल्ली स्थित तालकटोरा इन्डोर स्टेडियममा सुरु भएको प्रतियोगितामा आयोजक भारत सहित नेपाल, श्रीलंका, भुटान, बंगलादेश र मालदिभ्सका गरी २ सय बढी खेलाडी सहभागी रहेको आायोजकको भनाई छ ।

Facebook Comments