तेक्वान्दोको बेल्ट प्रोमोशन टेष्ट

गौतमबुद्ध सन्देश
भैरहवा, १३ पुस । रुपन्देही जिल्ला तेक्वान्दो समितिको आयोजनामा जिल्लाभरीका विभिन्न डोजाङ्ग तथा स्कूलहरुको रातो पेटी (रेड बेल्ट) देखि कालो पेटी (ब्ल्याक बेल्ट) सेकण्ड डन सम्मको ग्रेडिङ कार्यक्रम (बेल्ट प्रोमोशन) कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ग्रेडिङ निरीक्षक एवं नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कोशिष खड्का, तेक्वान्दो समिति प्रदेश नं. ५ का उपाध्यक्ष प्रकाश मान राजभण्डारीले खेलाडीहरुको ग्रेडिङ गरेका थिए । कार्यक्रममा महिला तथा पुरुष गरी ५५ जना खेलाडीको सहभागिता रहेको थियो ।

कार्यक्रममा तेक्वान्दो समिति प्रदेश नं. ५ का सदस्य रामु वरुण, रुपन्देही तेक्वान्दो संघका कोषाध्यक्ष रुक्मा थपलिया खड्का, सदस्य ओमप्रकाश थापाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलाडी राजेश मल्लाह सहानीले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । साथै रुपन्देही तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बुढाप्रिथीले ग्रेडिङमा प्रथम स्थान हासिल गर्ने खेलाडीलाई नगद पुरस्कारको साथै मुलुक बाहिर हुने प्रतियोगितामा सहभागी गराउने घोषणा गरेका थिए ।

Facebook Comments