लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालद्वारा मृत्यु दावी भुक्तानी

गोविन्द प्रसाद गिरी
भैरहवा, १२ पुष । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले आफ्नो कम्पनीका बिमितका परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मंगलबार कपिलवस्तु वोदारि–७ का मृतक राम धनी बानियाकी श्रीमती राधादेवी कसौंधनलाई मृत्यु दावी वापत १ करोड १८ लाख २५ हजार ९ सय ७५ रुपैंयाको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिजित घोस दस्तिदारले हस्तान्तरण गरे ।

मंगलबार जयम मार्केटिङ डिपार्टमेण्ट प्रमुख स्मृतिराज कंडेल, तौलिहवा शाखा प्रमुख सुरेन्द्र कुमार कर्ण, गुल्मी शाखा प्रमुख तिर्थ राज आचार्य, नेपाल पत्रकार महासंघ तौलिहवा तथा विभिन्न सञ्चार माध्यमका पत्रकार लगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतककी धर्मपत्नी राधा देवी कसौंधनलाई मृत्यु दावी भुक्तानी वापत उक्त चेक हस्तान्तरण गरिएको हो ।

शिवशक्ति चामल उद्योगका सञ्चालक मृतक बानियाँले मात्रै १ लाखको बिमा गरेका थिए । कपिलवस्तुमा रहदै विभिन्न संघ–संस्थामा आबद्ध बानियाँले २ बर्ष पहिला मात्र तौलिहवाका अजय श्रीवास्तवको आग्रहमा १ करोडको बिमा गरि मात्रै २ किस्ता भुक्तानी गरेका थिए । सकारात्मक सोचका धनी बानियाँका १ छोरा ३ छोरी रहेको अभिकर्ता श्रीवास्तवले जानकारी दिए । बिमितको निधन भएकाले कम्पनीले बिमा दावी भुक्तानी गरेको हो ।

Facebook Comments