रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुदै, १२ बजेसम्म २० प्रतिशत मत खस्यो

गौतमबुद्ध सन्देश

भैरहवा, २१ म्ंसिर ।

दोस्रो चरण अन्तर्गत आज भइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीमा २० प्रतिशत मत खसेको छ । दिउँसो १२ बजेसम्म २० प्रतिशत मत खसेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा जिल्लामा मतदाताहरुको उत्साहजनक सहभागितामा रहेको छ । ‘जिल्लामा उत्साहकासाथ मतदाताहरु मतदान केन्द्रमा पुगेर मतदान गरिरहनु भएको छ’, मुख्य निर्वाचन अधिकृत भण्डारीले भने– ‘अहिलेसम्मको अवस्था शान्तिपूर्ण छ, ढुक्क भएर आआफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुस् ।’

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले मतदान केन्द्रहरुमा सुरक्षाको राम्रो व्यवस्था मिलाइएकाले विना संकोच आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गरे । उनले अहिलेसम्म जिल्लामा शान्तिपूर्ण र उत्साहकासाथ मतदान भइरहेको बताउँदै अप्रिय घटना हुन नदिन प्रहरी सचेत रहेको बताए ।

रुपन्देहीमा प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र छन् । जिल्लामा ५ लाख २२ हजार ६ सय २ जना मतदाता छन् भने २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ ।

हेर्नुहोस् मतदानका तस्विरहरुः

तस्विरहरुः माधब न्यौपाने र विष्णु भट्टराई /गौतमबुद्ध सन्देश

Facebook Comments