आचारसंहिता उल्लघंन गर्ने उम्मेदवारलाई मत नदिनुस : आयुक्त पौडेल

गौतमबुद्ध सन्देश

भैरहवा, १५ मंसिर । निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालना नगर्ने पार्टीका उम्मेदवारलाई मत नदिन आहवान गरेका छन । उनले आफैले बसेर निर्वाचन आचारसंहिता सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने र आफैले त्यही आचारसंहिताको उल्लघंन गर्ने राजनीतिक दललाई मत नदिन आह्वान गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त पौडेलले कसैले कसैलाई व्यक्तिगत गालीगलौज गर्नु भन्दा आफ्नो एजेण्डा लिएर जनतामाझ जान राजनीतिक दलहरुलाई आग्रह गरे । “प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन कुनै पनि मुलुकमा एकै पटक भएको छैन, हामी भाग्यमानी छौं, यसलाई सफल बनाउन सबैको भुमिका महत्वपूर्ण छ, उनले भने । देशलाई समृद्ध बनाउन चुनाव गरिएकोले छोटो समयको तयारीमा पनि निर्वाचन सफल हुन लागेको उनको भनाइ थियो ।

आचारसंहिता उल्लघंनको घटना बुझन प्रत्येक निर्वाचन क्षेत्रमा अनगुमनकर्ता परिचालन गरिएको उनले जानकारी दिए । मतदाता शिक्षाको लागि राजनीतिक दलको पनि उत्तिकै भुमिका रहेकोले जनतासंग मत माग्न जाँदा मत हाल्न तरिका सिकाए दलहरुकै मत बढ्ने पौडेलले बताए ।

कार्यक्रममा रुपन्देहीका मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले आचारसंहित उल्लघंन सम्बन्धमा मौखिक र लिखित उजुरी धेरै आएकोले त्यस सम्बन्धमा काम कारवाही अगाडी बढाइएको बताए । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय मतदान केन्द्रहरुमा केन्द्रीत भएको बताए ।

कार्यक्रममा राजनीतिक दलको तर्फ ने.क.पा. एमालेका हितराज पन्थी, नेपाली कांग्रेसका विष्णु थापा, ने.क.पा.(माओवादी केन्द्र)का पुष्पराज ढकाल, राप्रपा(प्रजातान्त्रिक)का रवि कुमार रौनियार, नेपाल मजदूर किसान पार्टीका हिमलाल पाण्डे लगायतले बोल्दै जनतालाई उत्साहित रुपमा मतदान कार्यमा सहभागि गराउन चुनावको व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comments