विवेकशील साझाको प्रतिबद्धता पत्र सार्वजनिक

गौतमबुद्ध सन्देश
भैरहवा, ७ मंसिर । विवेकशील साझा पार्टी रुपन्देही क्षेत्र नं. ३ ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । बुधबार पार्टीले भैरहवामा पत्रकार सम्मेलन गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

अवको आशा विवेकशील साझा भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा राजनीतिलाई सुसंस्कृत बनाई सामाजिक सेवाको रुपमा स्थापित गदै भ्रष्टचारमुक्त राष्ट्र निर्माण गर्ने लगायतका योजनाहरु उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै रुपन्देही क्षेत्र नम्वर ३ प्रदेशसभा सदस्य १ का उम्मेदवार अमित कुमार गुप्ताले मतदातालाई भ्रममा पार्ने खालका ठुला कार्यक्रम भन्दा पनि तत्काल नागरिकलाई राहत हुने गरी निर्माणाधिन तथा साना–साना कामलाई प्रतिबद्धता पत्रले समेटको बताए । दलहरुले खेलेको फोहोर राजनीतिको विकल्पमा देशले युवाहरुको सक्षम नेतृत्व खोजेको राष्ट्रिय आवश्यकतालाई महसुस गरी विवेकशील साझा पार्टीले उम्मेदवारी दिएको युवा नेता गुप्ताको दावी छ ।

रुपन्देही क्षेत्र नम्वर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पार्थिवेन्द्र उपाध्यायले राजनीतिको फोहोरलाई सफा गर्ने उद्धेश्य सहित आफुले उम्मेदवारी दर्ता गराएको बताए । पुराना राजनीतिका दलभित्र झेलिएको फोहोरी खेललाई सफा गर्न युवाहरु सफल हुन नसकेको अवस्थामा नयाँ पद्धति सहितको विवेकशील साझा पार्टी जन्मेको बताउँदै जब सम्म प्रतिवद्धताका साथ पद्धति स्थापित गरेर राजनीतिमा अगाडि बढ्दैनौ, तव सम्म हामी समृद्ध मुलुकको कल्पना गर्न सक्दैनौ भन्दै समृद्ध मुलुक बनाउन पद्धतिलाई स्थापित गर्न राजनीतिमा आएको बताए ।

त्यस्तै प्रतिनिधिसभा सदस्यका समानुपतिक उम्मेदवार डा.सुदर्शन धितालले भ्रष्टचारीलाई सम्मान गर्ने राजनीति र कुसंस्कृति राजनितिकको विरुद्ध आफ्नो उम्मेदवारी भएको बताउँदै प्रजातन्त्र आएपछि देशको आर्थिक उन्नति हुन्छ, जनताले सुख पाउँछन ,देश समृद्ध हुन्छ भनि २७ वर्ष देखि हेदै आएकोमा हाल सम्म कुनै व्यक्ति र दलले काम नगरेकाले उम्मेदवारी दिएको बताए ।

प्रतिबद्धता पत्रमा चोकचोकमा उजुरी पेटिका राखी एक घण्टा भित्र उजुरी उपर कार्यवाहीका लागि हटलाइन, नमुना सार्वजनिक विद्यालय स्थापना, लोडसेडिङ मुक्त क्षेत्र लगायतको विकास रोजगार, कृषि पर्यटन व्यवसाय, शिक्षा, स्वास्थ्य, संस्कृति, समाजमा केन्द्रित ५० बुँदा छन ।

 

Facebook Comments