अटो प्याभालियनमा छुटै छुट

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा कात्तिक ३० गतेदेखि भैरहवामा संचालित चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा भएका अटो क्षेत्रका व्यवसायीहरुले महोत्सव अवधिको लागि विभिन्न छुट सुबिधा दिएको बताएका छन् । मंसिर ११ गतेसम्म संचालन हुने महोत्सवमा उनीहरुले बिभिन्न छुट सुबिधा रहेको बताएपछि कुन कम्पनीले कति सुबिधा दिएको छ भन्नेबारे सम्बन्धित व्यक्तिहरुसंग सोधेका थियौं । प्रस्तुत छ अटो व्यवसायीहरुको भनाइ जस्ताको तस्तै :

नगद छुट र वारेन्टी दिएका छौं
गोविन्द गुरुङः सेल्स अफीसर
इसुजु (डिलरः साग्रीला ट्रेड कन्सर्न), भैरहवा
स्टल नं. १(अटो)
हामीसँग अहिले इसुजु कम्पनीका २ प्रकारका गाडिहरु उपलब्ध छन् । जसमध्ये इसुजु क्रसमा कम्पनीले दिएको छुटमा थप ४० हजार र इसुजु डि–म्याक्समा थप ५० हजार छुट उपलब्ध गराएका छौ । साथै मेलामा खरिद गर्नेहरुको लागि १ लाख कि.मि. वारेन्टी अथवा ३ बर्षको वारेन्टी हामीले उपलब्ध गराउनेछौ ।

 

——————————————

नगद छुट र एड्भान्स बुकिङ
गणेश क्षेत्री : शोरुम म्यानेजर
बुद्धम अटोमार्ट, भैरहवा
मेला स्टल नं. २(अटो)
हामीसँग टाटा कम्पनीका विभिन्न मोडलका बेस अप्सनदेखी फुल अप्सनका गाडिहरु उपलब्ध रहेका छन् । मेलाको अवसरमा कम्पनीले दिएको छुटमा थप १० हजार छुट अथवा १० हजार बराबरको डेकोरेशन हामीले उपलब्ध गराएका छौ । त्यस्तै आगामी जनवरीमा लन्च हुने नेक्सन गाडिको एड्भान्स बुकिङ पनि गरीरहेका छौ ।

————————————

सामान सहित सर्विसिङ फ्री
कोशराज अधिकारीः सञ्चालक
कुवेर ट्रेडर्स प्रा.लि., पड्सरी
मेला स्टल नं. ५(अटो)
हामीसँग ACEकम्पनीका DI४५०,५५० र ६५६५ मोडलका ३५ एचपी देखी ९० एचपी सम्मका ट्याक्टरहरु उपलब्ध छन् । हामीहरुले अन्य समयमा पनि होम सर्विस, सम्पूर्ण पाट्सहरु उपलब्ध, लगायतका सेवाहरु दिदै आएका छौ भने अहिले २ बर्ष लेवर चार्ज निःशुल्क दिदै आएकोमा, मेला बाटै खरिद गर्नेहरुको लागी १ पटकको लागि सर्विसिङमा लाग्ने सम्पूर्ण सामान सहित फ्री सर्विसिङ उपलब्ध गराउँछौ ।

———————————

आकर्षक उपहार र छुट
विनीत भुषालः सेल्स म्यानेजर
सिद्धार्थ विश्वज्योती मल्टीप्रपोज कम्पनी प्रा.लि., भैरहवा
मेला स्टल नं. ९(अटो)
हामीसँग फोर्स मोटर्सका पिक अप गाडि, स्कुल भ्यान, सवारी जिप र बलबान ट्याक्टर उपलब्ध छन् । जसको खरीदमा अहिले विभिन्न उपहार योजना अन्तर्गत मेला अवधिभर नगद छुट सँगै सुन, होन्डा बाइक, युरोप टुर, ट्याक्टरको टाली लगायतका आकर्षक उपहार रहेका छन् ।

——————————————-

आजीवन फ्री सर्विसिङ
इरफान वारिसः सञ्चालक
वारिस अटोमोवाइल्स, भैरहवा
मेला स्टल नं. २४४
हामीसँग महिन्द्रा कम्पनीका ११० सिसि देखी ३०० सिसि सम्मका बाइक र स्कुटीहरु उपलब्ध छन् । जसमध्ये ३०० सिसिको मोजो बाइक ग्राहकहरुको प्रमुख आकर्षणको रुपमा रहेको छ भने ११० सिसिको सेन्चुरो बाइक र १२५ सिसिको गष्टो स्कुटर धेरै ग्राहकहरुको रोजाइमा परेको छ । हामीले १० हजारको क्यास डिस्काउन्ट र मेला अवधिमा खरीद गर्नेहरुको लागि आजीवन फ्री सर्विसिङको व्यवस्था गरेका छौ ।

———————————————

नगद छुट सहित १ बर्षको वारेन्टी
गोपाल पन्तः अध्यक्ष
इलेक्ट्रा मोटर्स प्रा.लि.(इलेक्ट्रा मोटर्सको आधिकारीक बिक्रेता) , भैरहवा
मेला स्टल नं. २४०
हामीसँग अत्यन्तै सस्तो दरका ब्ख्इल् कम्पनीका आकर्षक इलेक्ट्रीक स्कुटरहरु उपलब्ध छन् । इलेक्ट्रीक स्कुटीबाट एकपटक चार्ज गरीसकेपछि ६० देखी ९० किमि सम्म यात्रा गर्न सकिन्छ भने अर्लाम सिस्टम, आवाज रहित, ब्लु बुक र नम्बरको सुबिधा, स्पेयस पार्टसहरु सजिलै उपलब्ध, बीमाको सुविधा, ब्याट्रीको वारेन्टी, बार्षीक कर नलाग्ने लगायतका विशेषता र सुविधाहरु रहेका छन् । जसमा हामीले नगद छुट सहित १ बर्षको वारेन्टी समेत दिएका छौ ।

————————-

छुट र लक्की ड्र मा बम्पर उपहार
विशाल कुँवरः सेल्स म्यानेजर
किस्मत अटोमोवाइल्स, भैरहवा
मेला स्टल नं.ः २४२
हामीसँग यामाहा कम्पनीका ११३ सिसि देखी २५० सिसि सम्मका बाइक र स्कुटीहरु उपलब्ध रहेका छन । जसको खरीदमा नगद रु. ७ हजार छुट, हरेक हप्ता लक्की ड्र बाट १ लाख नगद र बम्पर उपहारमा स्कोडा ¥यापीङ कार जित्न सक्नुहुनेछ ।

प्रस्तुती : बिष्णु भट्टराई र विकास पोख्रेल/गौतमबुद्ध सन्देश

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *