‘भ्रष्टाचार अन्त्यका लागि जनमुक्ति’

बुटवल,२८ कार्तिक । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष कमला थापामगरले मुलुकमा बढेको भ्रष्टाचार अन्त्यका लागि जनुक्ति पार्टीका उम्मेदवारलाई जिताउंन आग्रह गर्नुभएको छ ।उहांले भ्रष्ट्राचार अन्त्यका लागि संविधान संशोधन गरेर कानुन नैं बनाउंनु पर्नेमा जोड दिनुभयो ।पार्टीले रुपन्देही क्षेत्र नं २ अन्तरगत तिलोत्तमा नगरपालिका –२ को जानकीनगरमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्वोधन गदैं पार्टीका उपाध्यक्ष थापाले सो आग्रह गर्नुभएको हो ।प्रवास विभागका इन्चार्ज समेत रहनुभएका थापाले जनमुक्तिको जीतलाई कसैले रोक्न नसक्ने जिकिर पनि गर्नुभयो ।रुपन्देही क्षेत्र नं २ का प्रतिनीधि सभा सदस्य पदका उम्मेवार के.बी.पुनले मुलुकलाई हाक्न पुराना पार्टीहरु फेल भैसकेको दावी गदैं आफुलाई घर चिन्हमा मतदान गरेर जिताउंन आग्रह गर्नुभयो ।कार्यक्रममा प्रदेश सभा कका उम्मेदवार छत्र दर्लामी,क्षेत्र २ का क्षेत्रीय अध्यक्ष दुध्धबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।त्यस्तैं पार्टीले बुटवल उपमहानगरपालिका वडा नं १ र २ मा पनि चुनावी प्रचार अभियान सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा उम्मेदवार के.बी.पुन,नेता धनी आले लगायतले बोल्नुभएको थियो ।यस्तै रुपन्देही क्षेत्र नं १ को शुद्धोधन गाउंपालिकाको मानपकडी र मानमटरियामा आज राष्ट्रिय जनमुक्ति पार्टीले चुनाबी सभा सम्पन्न गरेको जनाएका छन् । कार्यक्रममा क्षेत्र नं १ प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार सुर्यकुमार सारु,प्रदेश सभा उम्मेदवार चित्रप्रसाद गुरुङ,रेखा थारुले सम्बोधन गदैं घर चिन्हमा मतदान गरेर आफुहरुलाई जिताउंन आग्रह गरेका थिए ।

Facebook Comments