बाम गठबन्धनको तिलोत्तमाका घरदैलो

तिलोत्तमा, २८ कात्तिक । रुपन्देही क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार नेकपा मावोवादी केन्द्र का पोलिटब्युरो सदस्य दधीराम न्यौपाने (माधब शर्मा ) ले बाम गठबन्धनलाई ढुक्क भएर मत दिन तिलोत्तमा नगरपालिका १५ र १६ का वडाबासीलाई आग्रह गरेका छन् । बाम गठबन्धन तिलोत्तमा नगरपालिका १७को चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत कोटिहवा चोकबाट शुरु भएको चुनावी सभा तथा कार्यालय उद्घाटन कार्यक्रम संगै वार्ड न १५ र १६ का विभिन्न गाउंमा सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेदवार छबिलाल बिश्वकर्मा सहित प्रदेश सभा २ का उम्मेदवार दधिराम न्यौपाने, तथा समानुपातिकका उम्मेदवार सरिता श्रीस र प्रमोद यादवले बाम गठबन्धनलाइ जिताएर देशमा स्थायी सरकार निर्माण गर्न सहयोग पुर्याउनुहुन टोल बासिहरुलाई आग्रह गरेका थिए ।

तिलोत्तमा १५ कोटिहवा चोकमा रहेको क्षेत्रिय कार्यालय संयुक्त रुपमा उद्घाटन गर्दै बाम गठबन्धनका उम्मेदवारहरु आफ्नो क्षेत्रमा पर्ने तिलोत्तमा वार्ड न १५ र १६ को घरदैलोमा सरिक भएका थिए । कोटिहवाबाट शुरु भै बभनी,बनकट्टि ,मोहनपुर ,पथ्थरडाडा ,सखुवानी ,डाडागाउ ,मधवलिया हुदै पर्सहहवाचोक १६ न. मा गै कोण सभामा परिणत सभालाई सम्बोधन गर्दै प्रदेशसभा २ का उम्मेदवार दधिराम न्यौपाने माधव शर्माले अबको चुनाबमा बाम गठबन्धनलाई जिताए युवाहरुको बेरोजगारी समस्या र बिदेशिन पर्ने बाध्यता टुङ्गेर जाने र नया बिकासको खाका कोरिने बताए ।

Facebook Comments