विवेक पु¥याएर मतदान गर्नुस् ः पौडेल

 बुटवल, २८ कात्तिक ।

एमाले र माओवादीका नेताहरुले आगामी चुनाव विकास चाहने र नचाहनेबीचको लडाई भएकाले विवेक पु¥याएर मतदान गर्न आग्रह गरेका छन् ।रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत तिलोत्तमा वडा नम्र १ र ६ को निर्वाचन प्रचारप्रसार कार्यालय उदघाटनका अवसरमा बोल्दै दुवै पार्टीका नेताहरुले लामो समय काँग्रेसले देशको नेतृत्व सम्हाल्दा मुलुकको विकास पछाडि परेको भन्दै अव कुनै पनि भ्रममा नपरी बाम गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् ।दुवै कार्यालयको उदघाटनमा सहभागी रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका विष्णु पौडेलले जनतामा भ्रम छर्नेगरी बाम गठबन्धनलाई लोकतन्त्रविरोधीको रुपमा प्रचार गरिएको भन्दै २१ औं शताब्दीका जनता गलत प्रचारको पछाडि नलाग्ने बताए । एमाले केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार लिला गिरीले काँग्रेसमा आफैभित्र लोकतन्त्र नभएको उल्लेख गर्दै आन्तरिक लोकतन्त्रको उपयोग नगर्ने दलले अरुलाई लोकतन्त्र विरोधी भन्नु हास्यास्पद रहेको बताए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल जिसीले बाम गठबन्धन केवल चुनावको लागि मात्रै नभएर पार्टी एकताका लागि समेत भएकाले आम कार्यकर्ता पंक्तिले यसबारे जनतालाई बुझाउनुपर्ने बताए ।कार्यक्रममा एमाले जिल्ला सदस्य एवं नगर इन्चाज मोहन चापागाई लगायत दुवै पार्टीका नेताहरुले संबोधन गरेका थिए ।

Facebook Comments