दक्ष जनशक्ति उत्पादन गर्दै युनिभर्सल

भुवन आचार्य
भैरहवा, असार ।

विभिन्न किसिमका प्राविधिक सीपमूलक तालिम दिने उद्देश्यले २०६८ सालमा भैरहवाको नयाँसडकमा स्थापित युनिभर्सल इलेक्ट्रो–टेक्निकल इन्ष्टिच्युट ११ औं वर्षमा प्रवेश गरेकोे छ । विशेष गरी इलेक्ट्रिकल र एसी टेक्निसियनसम्बन्धी तालिम उपलब्ध गराउँदै आएको यस इष्टिच्युटले युवा स्वरोजगारका लागि इलेक्ट्रिकल विषयमा प्लम्बर, एसी टेक्निसियन, इलेक्ट्रोनिक तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।
त्यस्तै युवतीहरुका लागि सिलाइकटाई, व्युटीसियन, हातेकडाई, छोटो अवधिको गुडिया कुसन डल बनाउने, सामान्य कृषिसम्बन्धी बेमौसमी तरकारी खेती, च्याउ खेती, भेटेरीनरी तालिम लगायत विभिन्न तालिमहरु सञ्चालन गरिरहेका प्रबन्ध निर्देशक सौरभ कुवँरले बताए ।
विशेष गरी आर्थिक अवस्था कमजोर भएका र पिछडिएका समुदायका लागि प्राथमिकता दिएर तालिमहरु सञ्चालन गरिरहेको कुवँर बताउँछन । छोटो अवधिको तालिम (३ महिने र ६ महिने) अन्र्तगत हाउस वायरिङ्ग, औद्योगिक वायरिङ्ग, प्लम्बर, ब्युटिसियन, हातेकडाई, सिलाई कटाइ, रेफ्रिजेरेशन एयरकण्डीसन मर्मत लगायतका तालिमले युवाहरुलाई धेरै सहयोग गरेको उनी बताउँछन् । सौरभ भन्छन्, ‘मसंग तालिम लिने युवायुवतीहरुलाई वैदेशिक रोजगारीको लागि सल्लाह दिने गरेको छैन । मेले सकेसम्म उनीहरुलाई नेपालमै बसेर केही गर्नुहोस् भन्ने सल्लाहका साथ त्यस्ता रोजगारका बाटोहरु पहिल्याईदिने गरेको छु । ’
हालसम्म ५ हजार भन्दा बढी युवाहरुलाई प्रशिक्षण दिइसकिएको र उनीहरुले सम्बन्धित तालिमअनुसार पसल व्यवसाय, वैदेशिक रोजगारी, प्रशिक्षक, विभिन्न प्रोजेक्टहरु र उद्योगहरुमा आवद्ध भएर काम गरिरहेको उनले बताए ।
सीटीईभिटीबाट मान्यता प्राप्त प्राविधिकहरु ((टिओटी) लाइसेन्स प्राप्त) बाट तालिम सञ्चालन दिइरहेको उनले जानकारी दिए । त्यस्तै तालिम दिइसकेपछि परीक्षार्थीहरुलाई सीटीइभिटीबाट सीप परीक्षण (स्कील टेष्ट) गराउँदै आएरहेको उनी बताउँछन् । स्कील टेष्ट गराइसकेपछि भोलिका दिनमा कुनै पनि सरकारी जागिर, वैैदेशिक रोजगार, व्यवसाय सञ्चालनका लागि व्यवसायिक दक्षता त छँदैछ त्यसमाथि उसको प्रमाणपत्रले पनि पछि फिल्डमा गएर कुनै पनि स्थानमा गएर एप्लाई गर्दा प्लस प्वाइन्ट पनि हुन्छ । र प्राय ः गरी यहाँ सञ्चालन भएका संस्थाहरुले सीटीईभिटीबाट परीक्षा गराउने, स्कील टेष्ट लिने, दक्ष प्रशिक्षणद्वारा प्रशिक्षण दिने काम गर्दैनन् त्यसले गर्दा बाहिर देखावटी एउटा हुन्छ भित्र खोक्रो हुन्छ, ’उनले भने । यसले गर्दा प्रोफेसनल तालिम सञ्चालन गर्ने संस्थालाई समस्या भइरहेको उनले बताए ।

Facebook Comments