सुनको भाउ ६ सय रुपैयाँले घट्याे

जेठ २४,काठमाण्डाै – सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।
आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेकाे महासङ्घले जनाएकाे छ । हिजो १ हजार २ सय ९० रुपैयाँ थियो।

Facebook Comments